लैङ्गिक हिंसा रोक्न कानून कार्यान्वयन आवश्यक : मन्त्री तुम्बाहाङ्फे « Khabarhub

लैङ्गिक हिंसा रोक्न कानून कार्यान्वयन आवश्यक : मन्त्री तुम्बाहाङ्फे


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले लैङ्गिक हिंसा निवारणका लागि विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएकी छिन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा मन्त्री तुम्बाहाङ्फेले प्रदेशका सामाजिक विकासमन्त्री, राष्ट्रियसभाका उपाध्यक्ष, प्रदेशका उपसभामुख, स्थानीय तहका उपप्रमुख तथा सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकारीसँग भर्चुअलरुपमा छलफल गरी उक्त निर्देशन दिएकी हुन् ।

मन्त्री तुम्बाहाङ्फेले स्थानीय तहका न्यायिक समितिले जबर्जस्ती करणीलगायतका मुद्दामा पनि हात हालेको बताउँदै त्यसो गर्न नमिल्ने स्मरणसमेत गराइन ।

मन्त्रालयका सचिव ऋषि राजभण्डारीले महिलाविरुद्धका हिंसा न्यूनीकरण गरी मुलुकलाई लैङ्गिकमैत्री बनाउनुपर्ने र त्यसका लागि सबैले आआफ्नो क्षेत्रबाट क्रियाशील भएर काम गर्न आग्रह गरे ।

प्रदेशका सामाजिक विकासमन्त्री, राष्ट्रियसभाका उपाध्यक्ष, प्रदेशका उपसभामुख, स्थानीय तहका उपप्रमुख तथा सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकारीहरुले कानून प्रयोग गर्दा भएका चुनौतीबारे अनुभव राख्दै कानून कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहेको भनाइ राखेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ९ : २९ बजे

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक