काठमाडौँमा निर्माण गरिने ‘मेट्रो प्रोजेक्ट’मा लगानी गर्न रुस इच्छुक « Khabarhub

काठमाडौँमा निर्माण गरिने ‘मेट्रो प्रोजेक्ट’मा लगानी गर्न रुस इच्छुक


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र रुसी प्रतिनिधि मण्डलबी आज शिष्टाचार भेटवार्ता भएको छ ।

नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री नेम्वाङसँग भेटवार्ता गरेको हो ।

मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप रुसले तयार गरेकामा बधाई दिनुका साथै पूर्ण सफलताको कामना गरे ।

भेटमा प्रतिनिधिमण्डलले पूर्वपश्चिम विद्युतीय रेलमार्ग र राजधानी काठमाडौँमा निर्माण गर्ने भनिएको ‘मेट्रो प्रोजेक्ट’ मा लगानी गर्न रुस इच्छुक रहेको बताएको मन्त्रालयले जनाएको छ ।

ती परियोजनाबारे हालसम्म भएका प्रगतिका विषयमा मन्त्रालयका अधिकारीले उनीहरुलाई जानकारी गराएका थिए ।

यसअघि रुसी टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’लाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी गर्ने इच्छा देखाएको हो ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १० : ०१ बजे

सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौं– यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति । 

प्रचण्डले भने : अहंकार र घमण्ड देखाएर प्रधानमन्त्री कहीँ पुग्दैनन्, संसद्मा आएर जवाफ दिनुपर्छ

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

‘लालीबजार’भन्दा अगाडि ‘गौँथली’, पहिला स्वस्तिमाकै सहायक कलाकार थिइन् सिम्रन

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’लाई उछिन्दै ‘गौँथली’ यो

नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो

नेपालगञ्ज– नेपालगञ्ज आसपासका क्षेत्रका बिरामीका लागि आवश्यक मात्रमा रगतको अभाव देखिएको