श्री स्वस्थानी व्रत कसरी लिइन्छ ? पूजा विधिसहित | Khabarhub Khabarhub

श्री स्वस्थानी व्रत कसरी लिइन्छ ? पूजा विधिसहित


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वस्थानी व्रतको आफ्नै धार्मिक, ऐतिहासिक र पौराणिक महत्व रहेको छ ।

पौष शुक्ल पूर्णिमा देखि व्रत शुरु हुने भएता पनि अघिल्लो दिनमै पुरुष व्रतालुहरूले हात गोडाको नङ्ग काटी, कपाल खौरिएर, शुद्घ एकभक्त भई महादेवस्थानबाट जल र संकल्प सहित माधव नारायण राखेको पुजारी घरमा गई दर्शन गरी व्रत बस्ने प्रतिज्ञा गर्नुपर्दछ ।

स्वस्थानी पुस्तकअनुसार स्वस्थानी व्रत सर्वप्रथम नारायण विष्णु, त्यसपछि पार्वती, गंगा, अप्सरा, गोमा, नागनागिनी, चन्द्रावती, नवराज हुँदै सर्वसाधारणमा स्वस्थानी व्रत सुरु भएको मानिन्छ ।

पवित्र सालीनदीको पानीले नुहाएमा शरिरमा भएका विभिन्न रोगहरू नष्ट भई रोग निको हुनुका साथै शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त हुने जनविश्वास रहेको छ ।

स्वस्थानीलाई माधव नारायण भन्नुका कारण १२ महिनामा नारायण विष्णु भगवानले विभिन्न रूप लिनुहुने जसअनुसार बैशाखमा मधुसुदन नारायण, जेठमा त्रिविक्रम नारायण, आषाढमा वामन नारायण, श्रावणमा श्रीधर नारायण, भाद्रमा ऋषिकेश नारायण, असोजमा पद्मनारायण, कार्तिकमा दामोदर नारायण, मंसिरमा केशव नारायण, पौष महिनामा नारायण, माघमा माधव नारायण, फाल्गुणमा गोविन्द नारायण र चैत्र महिनामा विष्णुरूपले पुजिने हुंदा माघ महिनामा नारायणको नाम माधव हुनेभएकोले माधव नारायणको नामले माघ महिनाभर पुजिने र कान्ति लक्ष्मी प्राप्त हुने विश्वास लिइएको छ ।

सुवर्ण वर्णकी कमलको फूलको पात जस्ता तीन वटा आंखाहरू भएकी शोभामान भई सिंह वाहन, अनेक अल्लंकारले युक्त चारवटा हातमा नीलउत्पल, अभरबर, खडग, चमर दायाँबायाँ लिएकी स्वस्थानी माताको दैनिक ध्यानजप र पूजापाठ गर्नुपर्दछ त्यस्तै गरी महिला व्रतालुहरूले नुहाई हातगोडाको नङ्ग काटी शुद्घ भै संकल्प गर्नुपर्दछ ।

व्रत अवधिमा माछा, मासु, अण्डा, दाल, लसून, प्याज, साग, नून, तेल, मसलाा खान र प्रयोग गर्न बर्जित गरिएको छ । केराऊ, चाकु, अदुवा, दुध, घयू, पाटने पालुङ्गो, लप्सी, रातो मूला मात्रै खान हुन्छ ।

व्रतालुहरूले प्रत्येक दिन व्रतालुहरूले दैनिक स्नान गरी नित्यपूजा, जप, तप, ध्यान, स्वस्थानी श्रवण गरी सूर्यपूजा, शिवपार्वती सहित सम्पूर्ण देवीदेवताहरूको पूजा अर्चना गरि सांखु नगर भित्र एकसय आठ स्थानमा अष्टाङ्ग प्रमाण, सहस्र जलधारा अर्पण गर्नुपर्दछ र बेलुकी भएपछि कोठामा गई अलिनो खाना खानुपर्दछ ।

पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ ।

महिला या पुरुष जो भए पनि समान रुपमा यस व्रतकथालाई श्रवण गरी महिनाभरि व्रत लिन सकिन्छ ।  यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्न सकिन्छ ।

स्वस्थानी माताको यो विशेष महिनामा सबैको कल्याण होस् । ‘यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रबाट प्रारम्भ हुने यो कथाको स्तुती मन्त्र समापनमा ‘उपनयतु मंगलम’ मन्त्रका साथै समापन हुन्छ ।

यो हो पूजा विधि

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ।

बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ। चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ।

सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ। यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ। आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ७ : २२ बजे

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने

जनकपुर– वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा

पशुपतिनाथमा तीजको तयारी पूरा

काठमाडौं– हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा

सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारिसाधन वितरण

महेन्द्रनगर– मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित

भियतनामी उपराष्ट्रपति पुगिन् पाटन दरबार स्क्वायर (तस्बिरहरू)

ललितपुर- नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेकी  भियतनामका उपराष्ट्रपति वो

लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा सर्तसहित फुकुवा गर्ने प्रदेश सरकारको निर्णय

लुम्बिनी– लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले १२ निर्णय