चोटका कारण टोटेनहमका फरवार्ड ह्यारी केन ४ महिना मैदान बाहिर « Khabarhub

चोटका कारण टोटेनहमका फरवार्ड ह्यारी केन ४ महिना मैदान बाहिर


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टोटेनहमका फरवार्ड ह्यारी केन करिब चार महिना मैदान बाहिर रहने भएका छन् ।

क्लबले ह्यामस्ट्रिङको चोटका कारण सल्यक्रिया गर्नुपर्ने भएकाले केन अप्रिलसम्म मैदान बाहिर रहने पुष्टि गरेको हो ।

२६ बर्षका केन नयाँ बर्षको दिन साउथह्याम्टनविरुद्व खेल्ने क्रममा चोट बोकेका थिए ।

ईङ्ल्याण्डका कप्तान समेत रहेका केन मैदान फर्कने कुनै निश्चित समय तोकिएको छैन । तर क्लबले उनलाई सल्यक्रिया आवश्यक रहेको भन्दै करिब चार महिना समय लाग्ने जनाएको छ ।

उनी अप्रिलमा ट्रेनिङमा फर्कनेछन् । उनी सन् २०२० को युरोकप शुरु हुनु दुई महिना अघि मात्र मैदान देखिनेछन् । केनले देश र क्लबका लागि यस सिजन ३१ खेलमा २७ गोल गरेका छन् ।

टोटेनहम प्रिमियर लिगको छैटौ स्थानमा छ । चौथो स्थानको चेल्सी भन्दा टोटेनहम ६ अंकले पछाडी छ । लिगसंगै केनले च्याम्पियन्स लिगको अन्तिम १६ मा जर्मन क्लब आरबी लिपजिगविरुद्वको खेल गुमाउनेछन् ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ७ : ०० बजे

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका