चोटका कारण टोटेनहमका फरवार्ड ह्यारी केन ४ महिना मैदान बाहिर « Khabarhub

चोटका कारण टोटेनहमका फरवार्ड ह्यारी केन ४ महिना मैदान बाहिर


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टोटेनहमका फरवार्ड ह्यारी केन करिब चार महिना मैदान बाहिर रहने भएका छन् ।

क्लबले ह्यामस्ट्रिङको चोटका कारण सल्यक्रिया गर्नुपर्ने भएकाले केन अप्रिलसम्म मैदान बाहिर रहने पुष्टि गरेको हो ।

२६ बर्षका केन नयाँ बर्षको दिन साउथह्याम्टनविरुद्व खेल्ने क्रममा चोट बोकेका थिए ।

ईङ्ल्याण्डका कप्तान समेत रहेका केन मैदान फर्कने कुनै निश्चित समय तोकिएको छैन । तर क्लबले उनलाई सल्यक्रिया आवश्यक रहेको भन्दै करिब चार महिना समय लाग्ने जनाएको छ ।

उनी अप्रिलमा ट्रेनिङमा फर्कनेछन् । उनी सन् २०२० को युरोकप शुरु हुनु दुई महिना अघि मात्र मैदान देखिनेछन् । केनले देश र क्लबका लागि यस सिजन ३१ खेलमा २७ गोल गरेका छन् ।

टोटेनहम प्रिमियर लिगको छैटौ स्थानमा छ । चौथो स्थानको चेल्सी भन्दा टोटेनहम ६ अंकले पछाडी छ । लिगसंगै केनले च्याम्पियन्स लिगको अन्तिम १६ मा जर्मन क्लब आरबी लिपजिगविरुद्वको खेल गुमाउनेछन् ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ७ : ०० बजे

जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी

एजेन्सी– जापानकी प्रधानमन्त्री साने ताकाइचीले बुधबार सत्तारूढ दलका वरिष्ठ अधिकारीहरूलाई

पाँच वर्षे कारबाही सुनेपछि विश्वप्रकाशले सोधे : यी ८ बुँदामा कुनचाहिँ कांग्रेस र देशको अहितमा थिए ?

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट

नबिल बैंकका अध्यक्ष चौधरीले ग्रहण गरे शपथ

काठमाडौं– नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले

कारबाहीपछि बन्दसत्र पुगेका गगनले भने- विशेष महाधिवेशन अब मेरो प्रक्रियामा अघि बढ्छ

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर पक्षको केन्द्रीय समितिले पार्टीबाट निष्कासन गरेपनि

संस्थापनको कारबाहीपछि महाधिवेशनस्थलमा पुगे गगन थापा

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले पाँच वर्षका लागि कारबाही गेपछि