युक्रेनी जहाजमा इरानी क्षेप्यास्त्र प्रहार भएको क्यानडाका प्रधानमन्त्रीको आशंका « Khabarhub

युक्रेनी जहाजमा इरानी क्षेप्यास्त्र प्रहार भएको क्यानडाका प्रधानमन्त्रीको आशंका


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तेहरानमा दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने आशंका गरिएको छ ।

अमेरिका, क्यानडा र ब्रिटेनले बुधवार तेहराननजिकै दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने विभिन्न गुप्तचरी स्रोतहरूबाट सङ्केत मिलेको बताएक‍ो बीबीसीले उल्लेख गरेको छ । उनीहरूले भुलवश इरानले त्यो विमानमा क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने बताएका हुन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि विभिन्न गुप्तचरी सूचनाहरूका अनुसार जमिनबाट आकाशमा आक्रमण गर्न सकिने क्षेप्यास्त्रबाट विमानमा प्रहार भएका सङ्केतहरू पाइएको बताएका छन् ।

उनले भनेका छन्, ‘हामीलाई धेरै स्रोतहरुबाट गुप्तचरी सूचनाहरु प्राप्त भएका छन । हाम्रा साझेदारहरुबाट प्राप्त सूचना र हाम्रो आफ्नै सूचना स्रोतहरुले यूक्रेनको विमान इरानको जमिनबाट हावामा हानिने मिसाइलका कारण खसालिएको संकेत गर्दछ। तर यो जानाजान गरिएको नहुन सक्छ ।’

इरानमा गत बुधवार बिहान १७६ जना सवार युक्रेनको बोइङ-७३७ विमान दुर्घटनामा पर्दा त्यसमा सवार सबै जनाको ज्यान गएको थियो।

इरानी सरकारका एक प्रवक्ताले चाहिँ सो आरोपप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन्। उनले विमानमा यात्रा गरिरहेका यात्रुहरूका देशलाई दुर्घटनाको कारण पत्ता लगाउने अनुसन्धान गर्न आफ्ना प्रतिनिधि इरान पठाउन आग्रह पनि गरे। विमान निर्माता कम्पनी बोइङलाई पनि त्यसै गर्न उनले आह्वान गरे।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार विमान दुर्घटनाको समय हेर्दा इरानले अमेरिकासँग बदला लिन तयारी गरिरहेका बेला भुलवश त्यसलाई अमेरिकी लडाकु विमान ठानेको हुन सक्छ।

सीबीएस न्यूजले अमेरिकी गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै जनाए अनुसार प्रहार गरिएका दुईवटा क्षेप्यास्त्रमा एउटा भू-उपग्रहले इन्फ्रारेडसम्बन्धी कमजोरी पत्ता लगाएको थियो।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र वरिष्ठ अमेरिकी गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै न्यूजवीकले युक्रेनी विमानलाई रुसमा निर्मित टोर क्षेप्यास्त्रबाट मार हानिएको हुन सक्ने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार उक्त विमानमा के भयो भन्नेबारे आफूमा सन्देह रहेको बताएका थिए।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ८ : ११ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र