गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्ने महतोको मर्निङ वाक गएका बेला टिपरले किचेर ‘हत्या’ « Khabarhub

गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्ने महतोको मर्निङ वाक गएका बेला टिपरले किचेर ‘हत्या’


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्ने एक युवाको टिफरको ठक्करबाट ज्यान गएको हो ।

धुनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान २४ वर्षीय दिलीपकुमार महतोको टिपरले ठक्कर दिँदा मृत्यु भएको हो ।

मर्निङ वाकमा गएका बेला ना ७ ख ६४१३ नम्बरको टिपरले महतोलाई किचेको हो । टिपरले किचेका महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले घटनाको प्रकृति हेर्दा नियोजित ढंगले किचेर हत्या गरेको देखिएको बताए । प्रहरीका अनुसार महतोले औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्दै आएका थिए ।

उनको हत्यापछि स्थानीयले मिथिला नगरपालिकाको श्रीपुरस्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  १० : ३२ बजे

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन ३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने