गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्ने महतोको मर्निङ वाक गएका बेला टिपरले किचेर ‘हत्या’ « Khabarhub

गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्ने महतोको मर्निङ वाक गएका बेला टिपरले किचेर ‘हत्या’


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्ने एक युवाको टिफरको ठक्करबाट ज्यान गएको हो ।

धुनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान २४ वर्षीय दिलीपकुमार महतोको टिपरले ठक्कर दिँदा मृत्यु भएको हो ।

मर्निङ वाकमा गएका बेला ना ७ ख ६४१३ नम्बरको टिपरले महतोलाई किचेको हो । टिपरले किचेका महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले घटनाको प्रकृति हेर्दा नियोजित ढंगले किचेर हत्या गरेको देखिएको बताए । प्रहरीका अनुसार महतोले औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्दै आएका थिए ।

उनको हत्यापछि स्थानीयले मिथिला नगरपालिकाको श्रीपुरस्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  १० : ३२ बजे

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी