तस्वीरमा हेर्नुहोस्, कसरी बनाइन्छ चाकु? « Khabarhub

तस्वीरमा हेर्नुहोस्, कसरी बनाइन्छ चाकु?



काठमाडौं– चाकु माघे संक्रान्तिको विशेष परिकार हो । माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउने व्यवसायीहरुलाई भ्याइनभ्याइ भएको छ ।

विशेषगरि काठमाडौं उपत्यकाको टोखा, ललितपुर, काभ्रेको बनेपा धुलिखेल लगायतका स्थानमा चाकु बनाउने गरिएको छ । चाकुको नेवार समुदायमा विशेष महत्व राख्छ ।

चाकु बनाउने काममा यतिवेला व्यवसायीलाई भ्याइनभ्याइ भएको छ ।

विशेषगरि तीन किसिमका चाकु बनाइने गरिएको भएपनि अहिले भने दुई किसिमका चाकुको माग बढी हुने गरेको छ । पहिला पहिला साधारण खालको चाकु बनाउने गरिएको भएपनि अहिले मसलेदार र स्पेसल पनि बनाउन थालिएको छ ।

अहिले मसलेदार चाकुकै माग बढी छ । मसलेदार चाकुमा नरिवल मिसाइएको हुन्छ। साथै स्पेशलमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाईको हुन्छ। यसकारण साधारण भन्दा मसलेदार र मसलेदार भन्दा स्पेशल चाकु महंगो पर्छ ।

अन्य अवस्थामा भन्दा अहिले माघे संक्रान्तिको अवसरमा चाकुको माग पाँच गुणा बढ्ने गरेको छ ।

यसरी बनाइन्छ चाकु

चाकु बनाउन शुरुमा उखुलाई पेलेर रस निकालिन्छ र उक्त रसलाई पकाएर सख्खर बनाइन्छ । पहिला सख्खरलाई पगाल्नको लागि ठुलो भाँडामा राखेर दुई-तीन घण्टा पकाउनुपर्छ ।

सख्खर पुरै पग्लिएर इलास्टिक भएपछि त्यसलाई चिसो बनाउनुपर्छ। ५-१० मिनेट चिसो बनाएपछि त्यसलाई तन्काएर ताड्नु पर्छ जसले गर्दा चाकुको रातो रंग आउछ र खानको लागि पनि नरम र स्वादिलो हुन्छ ।

फिटेको चाकुलाइ चाहिने मात्रामा तौलेर प्लास्टिकमा पोका पारेर बजारमा पठाइन्छ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ११ : ०२ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र