तस्वीरमा हेर्नुहोस्, कसरी बनाइन्छ चाकु? « Khabarhub

तस्वीरमा हेर्नुहोस्, कसरी बनाइन्छ चाकु?



काठमाडौं– चाकु माघे संक्रान्तिको विशेष परिकार हो । माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउने व्यवसायीहरुलाई भ्याइनभ्याइ भएको छ ।

विशेषगरि काठमाडौं उपत्यकाको टोखा, ललितपुर, काभ्रेको बनेपा धुलिखेल लगायतका स्थानमा चाकु बनाउने गरिएको छ । चाकुको नेवार समुदायमा विशेष महत्व राख्छ ।

चाकु बनाउने काममा यतिवेला व्यवसायीलाई भ्याइनभ्याइ भएको छ ।

विशेषगरि तीन किसिमका चाकु बनाइने गरिएको भएपनि अहिले भने दुई किसिमका चाकुको माग बढी हुने गरेको छ । पहिला पहिला साधारण खालको चाकु बनाउने गरिएको भएपनि अहिले मसलेदार र स्पेसल पनि बनाउन थालिएको छ ।

अहिले मसलेदार चाकुकै माग बढी छ । मसलेदार चाकुमा नरिवल मिसाइएको हुन्छ। साथै स्पेशलमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाईको हुन्छ। यसकारण साधारण भन्दा मसलेदार र मसलेदार भन्दा स्पेशल चाकु महंगो पर्छ ।

अन्य अवस्थामा भन्दा अहिले माघे संक्रान्तिको अवसरमा चाकुको माग पाँच गुणा बढ्ने गरेको छ ।

यसरी बनाइन्छ चाकु

चाकु बनाउन शुरुमा उखुलाई पेलेर रस निकालिन्छ र उक्त रसलाई पकाएर सख्खर बनाइन्छ । पहिला सख्खरलाई पगाल्नको लागि ठुलो भाँडामा राखेर दुई-तीन घण्टा पकाउनुपर्छ ।

सख्खर पुरै पग्लिएर इलास्टिक भएपछि त्यसलाई चिसो बनाउनुपर्छ। ५-१० मिनेट चिसो बनाएपछि त्यसलाई तन्काएर ताड्नु पर्छ जसले गर्दा चाकुको रातो रंग आउछ र खानको लागि पनि नरम र स्वादिलो हुन्छ ।

फिटेको चाकुलाइ चाहिने मात्रामा तौलेर प्लास्टिकमा पोका पारेर बजारमा पठाइन्छ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ११ : ०२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर