तस्वीरमा हेर्नुहोस्, कसरी बनाइन्छ चाकु? | Khabarhub Khabarhub

तस्वीरमा हेर्नुहोस्, कसरी बनाइन्छ चाकु?



काठमाडौं– चाकु माघे संक्रान्तिको विशेष परिकार हो । माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउने व्यवसायीहरुलाई भ्याइनभ्याइ भएको छ ।

विशेषगरि काठमाडौं उपत्यकाको टोखा, ललितपुर, काभ्रेको बनेपा धुलिखेल लगायतका स्थानमा चाकु बनाउने गरिएको छ । चाकुको नेवार समुदायमा विशेष महत्व राख्छ ।

चाकु बनाउने काममा यतिवेला व्यवसायीलाई भ्याइनभ्याइ भएको छ ।

विशेषगरि तीन किसिमका चाकु बनाइने गरिएको भएपनि अहिले भने दुई किसिमका चाकुको माग बढी हुने गरेको छ । पहिला पहिला साधारण खालको चाकु बनाउने गरिएको भएपनि अहिले मसलेदार र स्पेसल पनि बनाउन थालिएको छ ।

अहिले मसलेदार चाकुकै माग बढी छ । मसलेदार चाकुमा नरिवल मिसाइएको हुन्छ। साथै स्पेशलमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाईको हुन्छ। यसकारण साधारण भन्दा मसलेदार र मसलेदार भन्दा स्पेशल चाकु महंगो पर्छ ।

अन्य अवस्थामा भन्दा अहिले माघे संक्रान्तिको अवसरमा चाकुको माग पाँच गुणा बढ्ने गरेको छ ।

यसरी बनाइन्छ चाकु

चाकु बनाउन शुरुमा उखुलाई पेलेर रस निकालिन्छ र उक्त रसलाई पकाएर सख्खर बनाइन्छ । पहिला सख्खरलाई पगाल्नको लागि ठुलो भाँडामा राखेर दुई-तीन घण्टा पकाउनुपर्छ ।

सख्खर पुरै पग्लिएर इलास्टिक भएपछि त्यसलाई चिसो बनाउनुपर्छ। ५-१० मिनेट चिसो बनाएपछि त्यसलाई तन्काएर ताड्नु पर्छ जसले गर्दा चाकुको रातो रंग आउछ र खानको लागि पनि नरम र स्वादिलो हुन्छ ।

फिटेको चाकुलाइ चाहिने मात्रामा तौलेर प्लास्टिकमा पोका पारेर बजारमा पठाइन्छ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ११ : ०२ बजे

नाइजेरियामा सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु

नाइजेरिया– अफ्रिकी देश नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा आइतबार भएको सैन्य

नयाँ पाइपलाइनको परीक्षण सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन निर्देशक ठाकुर पक्राउ

जनकपुरधाम- वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर

माओवादीले बोलायो पदाधिकारी बैठक, नेताहरूको कार्यविभाजन हुने

काठमाडौं- नेकपा माओवादी केन्द्रले बुधबार बस्ने गरी पदाधिकारी बैठक बोलाएको

२०८४ लक्षित एमालेको घरदैलो कार्यक्रम अभियान  

विराटनगर– टोल र जनताका घरसम्म नेता कार्यकर्ता परिचालन गर्ने गरी