‘पर्खी बसेँ’ को सिक्वेल बन्ने « Khabarhub

‘पर्खी बसेँ’ को सिक्वेल बन्ने


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विदेश पलायन भएका अभिनेता राजबल्लभ कोइरालाको सुपरहिट फिल्म ‘पर्खी बसेँ’ को सिक्वेल बन्ने भएको छ ।

गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोको सहकार्यमा ‘पर्खी बसेँ २’ बन्ने जानकारी गराएको हो । फिल्म निर्माणका विषयमा बिहीवार गोपीकृष्ण मुभिजका तर्फबाट निकिता पौडेल र हिमालयन मुभी स्टुडियोका तर्फबाट विनोद सापकोटाबीच बिहीवार सम्झौता गरियो ।

यो फिल्मलाई निकिता पौडेल र विनोद सापकोटाले संयुक्त रुपमा निर्माण गर्नेछन् । फिल्मलाई ‘लभ डायरिज’ का निर्देशक सौरभ चौधरीले निर्देशन गर्नेछन् ।

राजबल्लभको ‘पर्खी बसेँ’ वि.सं. २०६४ मा प्रदर्शनमा आएको थियो । फिल्मलाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए ।

निर्देशक चौधरीका अनुसार ‘पर्खी बसेँ २’ मा सांगीतिक प्रेमकथा देखाइनेछ । यस्तै फिल्मको वितरणको जिम्मा रिच इन्टरटेनमेन्टलाई दिइएको छ । यद्यपि फिल्मका को को कलाकार रहने भन्ने जानकारी गराइएको छ ।

फिल्मको पहिलो सिरिजमा राज बल्लभ कोइराला , युना उप्रेती , निखिल उप्रेती लगायतको अभिनय थियो । साथै गोपीकृष्ण मुभिजले ‘माइकल अधिकारी’ नामक फिल्म पनि निर्माण गर्दैछ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ११ : ४२ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य