‘पर्खी बसेँ’ को सिक्वेल बन्ने « Khabarhub

‘पर्खी बसेँ’ को सिक्वेल बन्ने


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विदेश पलायन भएका अभिनेता राजबल्लभ कोइरालाको सुपरहिट फिल्म ‘पर्खी बसेँ’ को सिक्वेल बन्ने भएको छ ।

गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोको सहकार्यमा ‘पर्खी बसेँ २’ बन्ने जानकारी गराएको हो । फिल्म निर्माणका विषयमा बिहीवार गोपीकृष्ण मुभिजका तर्फबाट निकिता पौडेल र हिमालयन मुभी स्टुडियोका तर्फबाट विनोद सापकोटाबीच बिहीवार सम्झौता गरियो ।

यो फिल्मलाई निकिता पौडेल र विनोद सापकोटाले संयुक्त रुपमा निर्माण गर्नेछन् । फिल्मलाई ‘लभ डायरिज’ का निर्देशक सौरभ चौधरीले निर्देशन गर्नेछन् ।

राजबल्लभको ‘पर्खी बसेँ’ वि.सं. २०६४ मा प्रदर्शनमा आएको थियो । फिल्मलाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए ।

निर्देशक चौधरीका अनुसार ‘पर्खी बसेँ २’ मा सांगीतिक प्रेमकथा देखाइनेछ । यस्तै फिल्मको वितरणको जिम्मा रिच इन्टरटेनमेन्टलाई दिइएको छ । यद्यपि फिल्मका को को कलाकार रहने भन्ने जानकारी गराइएको छ ।

फिल्मको पहिलो सिरिजमा राज बल्लभ कोइराला , युना उप्रेती , निखिल उप्रेती लगायतको अभिनय थियो । साथै गोपीकृष्ण मुभिजले ‘माइकल अधिकारी’ नामक फिल्म पनि निर्माण गर्दैछ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ११ : ४२ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस