फ्राइडे फिल्मस्: रिलिज भएनन् नेपाली फिल्म, विदेशी फिल्मको पकड ! « Khabarhub

फ्राइडे फिल्मस्: रिलिज भएनन् नेपाली फिल्म, विदेशी फिल्मको पकड !


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हरेक शुक्रवार नेपाली फिल्म जुधेर निर्माता मारमा पर्ने गर्थे । तर, यतिबेला भने नेपाली फिल्म हलमा कुनै फिल्म रिलिज भएका छैनन् ।

गत हप्ता पनि नेपालमा कुनै नेपाली फिल्म रिलिज नहुँदा हिन्दी फिल्मकै पकड देखियो । यो शुक्रवार पनि नेपालमा हिन्दी फिल्मकै दबदबा रहने पक्काजस्तै भएको छ ।

सलमान खानको फिल्म ‘दबंग ३’ पछि नेपालमा एकपछि अर्को गर्दै हिन्दी फिल्म हिट भएका छन् । अक्षय कुमारको ‘गुड न्यूज’ ले पनि नेपालबाट राम्रो कमाइ गर्‍यो ।

पछिल्लो समय रिलिज भएका ‘पोइ पर्‍यो काले’, ‘सरौतो’ लगायत आधा दर्जन रिलिज भएका फिल्मले दर्शकको साथ पाउन सकेनन् । हिन्दी फिल्मले भने मल्टिप्लेक्स हलमा राम्रो कमाइ गरिरहेका छन् ।

आज शुक्रवारदेखि हलमा कुनै नेपाली फिल्म रिलिज नभए पनि बलिउड फिल्म ‘छपाक’ र ‘तान्हाजी’ ले पर्याप्त शो पाएका छन् । हलमा हिन्दी फिल्मकै दबदबा छ ।

यस्तै केही हलिउड फिल्म पनि मल्टिप्लेक्स हलमा रिलिज भएका छन् ।

यद्यपि केही नेपाली हलमा भने प्रेम संसार, दम, जंगभूमि लगायत प्रदर्शनरत छन् । यी फिल्मको रिलिजअघि कुनै चर्चा छैन । बरु दर्शकमाझ हिन्दी र अङ्ग्रेजी फिल्मले छाप छोडेका छन् ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  १२ : २४ बजे

मिडियामा महिला पत्रकारको प्रतिनिधित्व र सुरक्षा सुदृढ गर्न आग्रह

काठमाडौँ – विभिन्न सञ्चारमाध्यममा क्रियाशील महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

दलाई लामालाई भेटेर वरुण चौधरीले लिए आशीर्वाद

काठमाडौं– नेपाली उद्योगी तथा समाजसेवी वरुण चौधरीले तिब्बतबाट भारतको धर्मशालामा

विद्युतीय तार भूमिगत आयोजना : तीनपटक म्याद थप्दा ६७ प्रतिशत काम

गण्डकी – तीनपटक ठेक्का म्याद थप्दा पनि पोखरामा विद्युतीय तार

पोखरीमा डुबेर एक जनाको मृत्यु

राजविराज(सप्तरी)- राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु