फ्राइडे फिल्मस्: रिलिज भएनन् नेपाली फिल्म, विदेशी फिल्मको पकड ! « Khabarhub

फ्राइडे फिल्मस्: रिलिज भएनन् नेपाली फिल्म, विदेशी फिल्मको पकड !


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हरेक शुक्रवार नेपाली फिल्म जुधेर निर्माता मारमा पर्ने गर्थे । तर, यतिबेला भने नेपाली फिल्म हलमा कुनै फिल्म रिलिज भएका छैनन् ।

गत हप्ता पनि नेपालमा कुनै नेपाली फिल्म रिलिज नहुँदा हिन्दी फिल्मकै पकड देखियो । यो शुक्रवार पनि नेपालमा हिन्दी फिल्मकै दबदबा रहने पक्काजस्तै भएको छ ।

सलमान खानको फिल्म ‘दबंग ३’ पछि नेपालमा एकपछि अर्को गर्दै हिन्दी फिल्म हिट भएका छन् । अक्षय कुमारको ‘गुड न्यूज’ ले पनि नेपालबाट राम्रो कमाइ गर्‍यो ।

पछिल्लो समय रिलिज भएका ‘पोइ पर्‍यो काले’, ‘सरौतो’ लगायत आधा दर्जन रिलिज भएका फिल्मले दर्शकको साथ पाउन सकेनन् । हिन्दी फिल्मले भने मल्टिप्लेक्स हलमा राम्रो कमाइ गरिरहेका छन् ।

आज शुक्रवारदेखि हलमा कुनै नेपाली फिल्म रिलिज नभए पनि बलिउड फिल्म ‘छपाक’ र ‘तान्हाजी’ ले पर्याप्त शो पाएका छन् । हलमा हिन्दी फिल्मकै दबदबा छ ।

यस्तै केही हलिउड फिल्म पनि मल्टिप्लेक्स हलमा रिलिज भएका छन् ।

यद्यपि केही नेपाली हलमा भने प्रेम संसार, दम, जंगभूमि लगायत प्रदर्शनरत छन् । यी फिल्मको रिलिजअघि कुनै चर्चा छैन । बरु दर्शकमाझ हिन्दी र अङ्ग्रेजी फिल्मले छाप छोडेका छन् ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  १२ : २४ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस