कफी पिउनु ठिक कि बेठिक ? « Khabarhub

कफी पिउनु ठिक कि बेठिक ?


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कफी पिउनु ठिक हो कि होइन भन्ने विषयमा बेलाबखतमा चर्चा हुने गरेको छ । केही अध्ययनहरुले कफी पिउनु स्वास्थ्यका हिसावले राम्रो भएको त केहीले नराम्रो भएको जनाउने गरेका छन् ।

कफी पिउने मानिसहरु धेरै बाँच्न सक्छन् भनेर एक अध्ययनले बताएको छ । कफीले कलेजो सम्बन्धी रोग, कोलस्टोर , क्यान्सर ,अल्जाइमर मधुमेहका प्रकारहरु र छालासम्बन्धि रोगहरुको रोकथाम मा सहयोग गर्ने बताइएको छ ।

एउटा नयाँ अध्ययनले ठिक्क मात्रामा कफी पिउँदा त्यसले गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने देखाएको छ।

ब्रिटिश मेडिकल जर्नलमा छापिएको उक्त अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ।

तर अनुसन्धानकर्ताहरुले कफीकै कारण त्यस्तो भएको भन्ने पुष्टि भने गर्न सकेका छैनन्।

कफी नपिउनेको तुलनामा कफी पिउनेमा हृदयघात र मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या हुने सम्भावना कम रहेको उल्लेख गरिएको छ।

गर्भवती अवस्थामा कफी पिउनु भने जोखिमपूर्ण हुनसक्ने निचोड उक्त समीक्षाको छ।

अनुसन्धानकर्ताहरुले मानिसहरुलाई रोगबाट बच्न कफी सेवन नगर्न सुझाव दिएका छन् र आफूले पिउने कफीमा क्रिम र केक नमिसाउन भनेका छन्।

तर कफी धेरै पिउनु चाँही स्वास्थ्यका हिसावमा राम्रो मानिँदैन । सचेतता अपनाइएन भने अनेक रोग निम्तिन सक्छ । यसको धेरै प्रयोगले निन्द्रा नलाग्ने समस्या देखिन सक्छ । गर्भवतीले कफी पिएमा गर्भ नै जानसक्ने र शिशु नै अपरिपक्क जन्मने लगायतका समस्या देखिने हुन्छ ।

हाइपर टेन्सन र अनियमित धड्कनको दर पनि कफीका कारणले बृद्धि हुन्छ । स्वस्थ व्यक्तिले दैनिक दुई गिलाससम्म कफी पिउनु ठिक हुने र अवस्था प्रतिकुल भएमा कफी पदार्थबाट बनाइएका कुनै परिकार प्रयोग गर्न हुदैन ।

अत्यधिक कफी पिउनाले यसमा पाइने कफीन पदार्थका कारण पिसावमा समेत समस्या देखा पर्ने खतरा रहन्छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  १२ : ५२ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल