अमेरिकी डलरसमेत भएको पार्सल पठाईदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ « Khabarhub

अमेरिकी डलरसमेत भएको पार्सल पठाईदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेशबाट पार्सल पठाएको भन्दै बिभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा ५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा राहदानी नम्बर ए ०९०३९०७२ बाहक नाजेरियाका ४० वर्षीय काइरिल चिनोन्सो आइबे राहदानी नम्बर १७एपि४१८७१ बाहक आइबेरिकोष्टका २३ वर्षीय एसापे एडजी पाइरिजिन काठमाडौं खुशीबु बस्ने चितवन गुञ्जनगर-६ घर भएका ४० वर्षीय राम चन्द्र गैह्रे, काठमाडौं महानगरपालिका-२६ ठमेलका ४९ वर्षीय उमेश श्रेष्ठ र काठमाडौं बनस्थली बस्ने चितवन कालिकानगर नगरपालिका-७ घर भएका ३१ वर्षीय हरि ओझा रहेका छन् ।

विभिन्न सामाजिक सञ्जालमार्फत विदेशी नागरिकहरुको नाममा प्रोफाइल तयार गरी नेपालका विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जालमा साथी बनाई विभिन्न वहुमूल्य सामान, बेलायती पाउण्ड तथा अमेरिकी डलर समेत भएको पार्सल पठाईदिन्छु भन्दै उक्त सामानको फोटो समेत पठाई झुठो प्रलोभनमा पारी पार्सल लिएर मेरो मान्छे नेपालमा आउँदैछ र सो सामानहरु लिनु भन्ने गरेको थिए ।

त्यसपछि नेपालमा भएको सम्पर्क ९८०३८०४८५८ नम्बरबाट विदेशी नागरिकले फोन गरी तपाईको सामान मैले लिएर आएको थिए र एयरपोर्टमा एक्सरे मिसिनबाट हेर्दा डलर समेत रहेछ त्यसैले सो छुटाउनको लागि नेपाली पैसा चाहिने भयो भनेर सम्पर्क गरी नेपालमा रहेको विभिन्न व्यक्तिहरुको खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा सक्रिय रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका सबैलाई ठगी मुद्दामा म्याद थप गरी यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  १ : २४ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले