प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने नेकपा संसदीय दलको निर्णय « Khabarhub

प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने नेकपा संसदीय दलको निर्णय


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा हुने निश्चित भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको नेकपा प्रदेश ३ को संसदीय दलको बैठकले नाम र राजधानीका विषयमा निर्णय गरेसँगै अब प्रदेश तीनमा देखिएको विवाद समाधान भएको हो ।

नेकपाको सचिवालय बैठकको निर्देशनअनुसार नै संसदीय दलले पनि नाम र राजधानीबारे निर्णय गरेको नेकपा प्रदेश ३ का संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए ।

उनले केही फरक मतहरु आएपनि तिनलाई सुरक्षित गरेर प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय भएको जानकारी दिए ।

प्रदेश सभाको बैठक आइतबार बस्ने सम्भावना रहेको छ । सोही बैठकमा प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव लैजाने तयारी गरेको छ ।

प्रदेश ३ को संसद १ सय १० सदस्यीय रहेको छ । जसमध्ये ८० जना नेकपाका सांसद छन् । प्रदेशको नाम र राजधानी २ तिहाइले पारित गर्नुपर्छ ।

यसअघि नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  २ : ०७ बजे

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित