नेपालको नवीकरणीय ऊर्जामा सहयोग गर्न मन्त्री पुनको आग्रह « Khabarhub

नेपालको नवीकरणीय ऊर्जामा सहयोग गर्न मन्त्री पुनको आग्रह


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच नेपालको नवीकरणीय ऊर्जाका विविध आयामका बारेमा छलफल भएको छ ।

भेटमा मन्त्री पुनले नवीकरणीय ऊर्जा सम्मेलनमा नेपाललाई आमन्त्रण गरेकामा महानिर्देशक क्यामेरालाई धन्यवाद दिँदै भविष्यमा नवीकरणीय ऊर्जाको विकासमा सहकार्यको प्रस्ताव गर्नुभएको मन्त्री पुनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले जानकारी दिए ।

हाल नेपालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वमा स्थिर सरकार तथा नीति रहेको भन्दै उहाँले ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि उपयुक्त अवसर र वातावरण रहेको उल्लेख गरे ।

मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि आग्रहसमेत गरे । सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य राखेको तथ्य जानकारी गराउँदै उनले त्यसको १० देखि १५ प्रतिशत योगदान सौर्य ऊर्जाको हुने बताए ।

वर्षमा ३६० दिन घाम लाग्ने भएकाले नेपाल जलविद्युत्सँगै सौर्य ऊर्जाका लागि पनि उपयुक्त स्थान भएको मन्त्री पुनको भनाइ थियो । सरकारले सौर्य ऊर्जाको विकासका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र स्थापना गरेको र त्यसले संस्थागत रूपमा काम गरिरहेको उनको भनाइ थियो ।

भेटमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले नवीकरणीय ऊर्जा प्रयोगका लागि सहकार्यको प्रस्ताव गरे । नवीकरणीय ऊर्जाको बजार विस्तारका लागि लगानी सम्मेलनका लागि सहकार्य गर्न वैकल्पिक ऊर्जा र सङ्घबीच सहकार्य गर्न सकिने बताए ।

जवाफमा महानिर्देशक क्यामेराले नेपालले सौर्य ऊर्जाको विकासलाई उच्च प्राथमिकतामा राखेकामा सराहना गरे । महत्वपूर्ण सदस्य राष्ट्रको हैसियतमा नेपाललाई भविष्यमा सौर्य ऊर्जा प्रवद्र्धनका लागि सङ्घले प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको चापागाईले जानकारी दिए ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ४ : २२ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी