८ वर्षदेखि नेपालमा लुकेर बसेका दाउद र छोटा राजनका सहयोगी लकडावाला पक्राउ « Khabarhub

८ वर्षदेखि नेपालमा लुकेर बसेका दाउद र छोटा राजनका सहयोगी लकडावाला पक्राउ


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय सुरक्षाकर्मीले अन्तर्राष्ट्रिय माफिया दाउद इब्राहिम र छोटा राजनका पूर्व सहयोगी एजाज युसुफ लकडावालालाई नेपालबाट पक्राउ गरेको छ ।

करिव ६ महिनाको प्रयासपछि भारतीय सुरक्षाकर्मीले उनीहरुलाई पोखराबाट पक्राउ गर्न सफल भएको हो । छोटा राजनका पूर्व सहयोगी लकडावालाले पछिल्लो ८ वर्ष यता काठमाडौंको न्यूरोडमा कपडा पसल चलाएर बसिरहेको खुलेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार लकडावालाकी छोरी पुस १२ मा नेपाल आउँदै गर्दा मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेपछि उनी नेपालमा लुकेर बसेको भन्दै भारतीय सुरक्षाकर्मीले निगरानी बढाएको थियो ।

मुम्बई प्रहरीको क्राइम ब्रान्च एन्टी एक्स्टोर्सन सेलले लकडावालाको खोजीमा तीव्रता दिएको थियो । छोरी पक्राउ परेसँगै लकडावालाले काठमाडौं पोखरमा लुकेर बसेको खुलेको छ । नेपालबाट पक्राउ परेका उनीहरुलाई गत मंगलबार एयर इन्डियाको उडानबाट मुम्बई लगेको बताइएको छ ।

भारतीय सुरक्षा अधिकारीहरुले लकडावाला काठमाडौंमा पहिचान लुकाएर न्युरोडमा कपडा पसल चलाएर बसिरहेको स्वीकारे पनि उनी बिहारको पटनाबाट पक्राउ परेको दाबी गरिरहेका छन्।

लकडावाला मुम्बइमा समेत निर्माण व्यवासायीलाई धम्काएर पैसा असुली गर्ने कार्यमा संलग्न रहेका थिए । उनले मलेसिया, थाइल्यान्ड, अफ्रिका, अमेरिका र बेलायतबाट समेत आफ्नो समूह परिचालन गरिरहेको अनुसन्धानबाट खुलेको छ ।

उनी शुरुमा लकडावाला अन्डरवर्ल्ड डन दाउद इब्राहिमको समूहमा थिए। सन् १९९३ मा भएको श्रृंखलावद्ध बम विस्फोटपछि उनी दाउद समूह छोडेर त्यसको विरोधी छोटा राजन समूहमा पसेका थिए।

अन्तर्राष्ट्रिय प्रहरीले दबाब बढाएपछि उनी भागेर ८ वर्षअघि परिवारसहित नेपाल छिरेका थिए।

यसैबीच, भारतीय सुरक्षाकर्मीले आतंकवादी संगठन इस्लामिक स्टेटका तीन सदस्यलाई पनि नेपालमा पक्राउ गरेर भारत लगेको स्रोतले जनाएको छ ।

भारतीय गुप्तचर संस्थाहरुको खोजीमा रहेका ख्वाजा मोइउद्धिन, सैयद अली नभास र अब्दुल समाद लाई पक्राउ गरी भारत लगिएको हो ।
तीनै जना भारतको गणतन्त्र दिवस (२६ जनवरी) मा शृंखलावद्ध बम आक्रमणको योजनामा रहेको भारतीय प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ६ : ४८ बजे

कलेज बस दुर्घटनामा चार जना घाइते

भद्रपुर– यहाँको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा

बैंकिङ कसुर मुद्दाका फरार कन्दङवा पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा

महासंघको साधारणसभामा चन्द्रका छोरा सचिनले ल्याए सबैभन्दा धेरै मत, कसको कति (सूचीसहित)

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत नेतृत्व

गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु

रसुवा– यहाँको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङमा रेन्बो ट्राउट माछापालन सुरू गरिएको

सरकारले अध्यादेश जारी गरेर रमिता देखायो : घनश्याम भुसाल

काठमाडौं– नेकपा संयुक्तले असफलताको बाटोमा नजानका लागि आफ्ना कमजोरीहरू सुधार