चलचित्र उद्योगमा अर्बौंको लगानी घाटामा गइरहन्छ भने के खाएर बाँच्नुहुन्छ ?: सञ्चारमन्त्री « Khabarhub

चलचित्र उद्योगमा अर्बौंको लगानी घाटामा गइरहन्छ भने के खाएर बाँच्नुहुन्छ ?: सञ्चारमन्त्री


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाली चलचित्रले नेपालको भूगोल हैन, नेपाली मन जोड्नुपर्ने बताएका छन् । साथै उनले नेपाली निर्माताहरुले घाटाको व्यापार गर्न नहुने धारणा राखेका छन् ।

आज (शुक्रवार) राजधानीमा आयोजना गरिएको नेपाल चलचित्र संघको ४६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले चलचित्र उद्योगका सबै पक्षलाई मिलाएर अगाडि लैजाने वातावरण बनाउन चाहेको पनि बताए ।

मन्त्री बाँस्कोटाले निर्माताले सधै आफू घाटामा गएको भन्ने र फेरि यही क्षेत्रमा अर्बौंको लगानी भएको बताउने तर्कले कहिलेकाहीं अचम्मित हुने गरेको बताए ।

‘निर्माताहरुले जहिले घाटामा गएको भन्नुहुन्छ, हलका साथीहरु पनि घाटामा छौं भन्नुहुन्छ, कलाकार साथीहरु पनि यही भन्नुहुन्छ,’ बाँस्कोटाले भने, ‘सबै घाटामा भन्नुहुन्छ, फेरि यही क्षेत्रमा अर्बौंको लगानी गर्नुहुन्छ, अर्बौंको लगानी घाटामा गइरहन्छ भने के खाएर बाँच्नुहुन्छ?’

तस्वीर – आर्यन बिमली ।

उनले यस्तो घाटामा भएको व्यापार गर्न सक्ने संसारमै कहीँ नभएको सफल प्रयोग नेपालमा भइरहेको तर्क गरे ।

साथै मन्त्री बाँस्कोटाले नेपाली चलचित्रले भाषा, मनोरञ्जन, शिक्षाका हिसाबले नेपाललाई जोडनुपर्ने बताए । उनले भूगोल हैन, नेपाली मन जोड्न समेत अनुरोध गरे । यदि यस्ता चलचित्र निर्माण भए भने करमा छुट दिन सञ्चार मन्त्रालय तयार रहेको पनि उनले बताए ।

‘यत्रो धेरै स्थानीय सरकार बनेका छन् । त्यसमा हलवाला साथीहरुलाई सोध्नु चाहन्छु, त्यहाँ कहाँ चाहिँ हल छन्? ती ठाउँमा साना सिनेमा हल चल्छन् भन्ने लाग्छ भने त्यहाँ पनि सिनेमा भवन बनाउनु, के छुट दिन सकिन्छ, हामी दिन्छौं,’ बाँस्कोटाले भने ।

उनले अहिले चलचित्र घरहरु शहरमा मात्र सीमित भएको पनि बताए । यदि चलचित्रलाई उद्योग मानेर सञ्चालन गर्ने हो भने त्यसरी नै हेर्नुपर्ने उनको तर्क थियो ।

कुनै चलचित्र यति हप्ता चल्यो, ५१ औँ दिन मनायो भनेर आइरहेका समाचार जोड्दै बाँस्कोटाले प्रश्न गरे, यदि करोडको व्यापार गर्‍यो भने घाटा चाहिँ कसरी भयो? कि यो बेकारको बकबास हल्ला भयो, कि त घाटामा परेका मान्छेले अर्कालाई लिन ऋणमा डुबाइदिएको छ ?’

उनले चलचित्र उद्योगलाई अगाडि बढाउनका निम्ति सहज वातावरण निर्माण गर्न समेत सबैलाई अनुरोध गरे । साथै चलचित्रमा लगानी गर्नेलाई पनि व्यवसायिक क्षमतासहित यो क्षेत्रमा आउन उनको आग्रह थियो । वितरकले पनि नेपाली संस्कृतिलाई ख्याल गरी त्यस्ता चलचित्रलाई महत्त्व दिनुपर्ने उनको धारणा थियो ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ८ : ०४ बजे

देउवा समूहको रिट दर्ता, प्रतिनिधि सभाको उम्मेदवारी दर्ताकै दिन सुनुवाइ गर्न पेशी

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

वालिङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून

काँक्रेविहार– कर्णाली प्रदेश सरकारको छ महिनामा १३ दशमलव ७४ प्रतिशत

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई