चलचित्र उद्योगमा अर्बौंको लगानी घाटामा गइरहन्छ भने के खाएर बाँच्नुहुन्छ ?: सञ्चारमन्त्री « Khabarhub

चलचित्र उद्योगमा अर्बौंको लगानी घाटामा गइरहन्छ भने के खाएर बाँच्नुहुन्छ ?: सञ्चारमन्त्री


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाली चलचित्रले नेपालको भूगोल हैन, नेपाली मन जोड्नुपर्ने बताएका छन् । साथै उनले नेपाली निर्माताहरुले घाटाको व्यापार गर्न नहुने धारणा राखेका छन् ।

आज (शुक्रवार) राजधानीमा आयोजना गरिएको नेपाल चलचित्र संघको ४६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले चलचित्र उद्योगका सबै पक्षलाई मिलाएर अगाडि लैजाने वातावरण बनाउन चाहेको पनि बताए ।

मन्त्री बाँस्कोटाले निर्माताले सधै आफू घाटामा गएको भन्ने र फेरि यही क्षेत्रमा अर्बौंको लगानी भएको बताउने तर्कले कहिलेकाहीं अचम्मित हुने गरेको बताए ।

‘निर्माताहरुले जहिले घाटामा गएको भन्नुहुन्छ, हलका साथीहरु पनि घाटामा छौं भन्नुहुन्छ, कलाकार साथीहरु पनि यही भन्नुहुन्छ,’ बाँस्कोटाले भने, ‘सबै घाटामा भन्नुहुन्छ, फेरि यही क्षेत्रमा अर्बौंको लगानी गर्नुहुन्छ, अर्बौंको लगानी घाटामा गइरहन्छ भने के खाएर बाँच्नुहुन्छ?’

तस्वीर – आर्यन बिमली ।

उनले यस्तो घाटामा भएको व्यापार गर्न सक्ने संसारमै कहीँ नभएको सफल प्रयोग नेपालमा भइरहेको तर्क गरे ।

साथै मन्त्री बाँस्कोटाले नेपाली चलचित्रले भाषा, मनोरञ्जन, शिक्षाका हिसाबले नेपाललाई जोडनुपर्ने बताए । उनले भूगोल हैन, नेपाली मन जोड्न समेत अनुरोध गरे । यदि यस्ता चलचित्र निर्माण भए भने करमा छुट दिन सञ्चार मन्त्रालय तयार रहेको पनि उनले बताए ।

‘यत्रो धेरै स्थानीय सरकार बनेका छन् । त्यसमा हलवाला साथीहरुलाई सोध्नु चाहन्छु, त्यहाँ कहाँ चाहिँ हल छन्? ती ठाउँमा साना सिनेमा हल चल्छन् भन्ने लाग्छ भने त्यहाँ पनि सिनेमा भवन बनाउनु, के छुट दिन सकिन्छ, हामी दिन्छौं,’ बाँस्कोटाले भने ।

उनले अहिले चलचित्र घरहरु शहरमा मात्र सीमित भएको पनि बताए । यदि चलचित्रलाई उद्योग मानेर सञ्चालन गर्ने हो भने त्यसरी नै हेर्नुपर्ने उनको तर्क थियो ।

कुनै चलचित्र यति हप्ता चल्यो, ५१ औँ दिन मनायो भनेर आइरहेका समाचार जोड्दै बाँस्कोटाले प्रश्न गरे, यदि करोडको व्यापार गर्‍यो भने घाटा चाहिँ कसरी भयो? कि यो बेकारको बकबास हल्ला भयो, कि त घाटामा परेका मान्छेले अर्कालाई लिन ऋणमा डुबाइदिएको छ ?’

उनले चलचित्र उद्योगलाई अगाडि बढाउनका निम्ति सहज वातावरण निर्माण गर्न समेत सबैलाई अनुरोध गरे । साथै चलचित्रमा लगानी गर्नेलाई पनि व्यवसायिक क्षमतासहित यो क्षेत्रमा आउन उनको आग्रह थियो । वितरकले पनि नेपाली संस्कृतिलाई ख्याल गरी त्यस्ता चलचित्रलाई महत्त्व दिनुपर्ने उनको धारणा थियो ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ८ : ०४ बजे

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को