१३ औं सागको स्वर्ण विजेता फुटबल टोलीलाई जनही साढे पाँच लाख पुरस्कार   « Khabarhub

१३ औं सागको स्वर्ण विजेता फुटबल टोलीलाई जनही साढे पाँच लाख पुरस्कार  


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा स्वर्ण पदक विजेता नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही ५ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

एन्फाको आइतबार बसेको कार्यसमिति बैठकले स्वर्ण विजेता फुटबल खेलाडीलाई  जनही  ५ लाख ५० हजार  रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो ।

नेपालले फाइनलमा भुटानलाई हराउँदै साग फुटबलमा स्वर्ण जितेको थियो । सरकारले यसअघि स्वर्ण जितेको नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही रु पाँच लाख दिने घोषणा गरिसकेको छ ।

साग फुटबलमा रजत पदक प्राप्त गरेको महिला टोलीका खेलाडीलाई जनही रु एक लाख ५० हजार पुरस्कार दिने एन्फाले निर्णय गरेको छ । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

यस्तै एन्फाले शहीद स्मारक बी डिभिजन लिग खेल्ने प्रत्येक क्लबलाई प्रतियोगिता तयारी स्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । बी डिभिजन लिगको विजेतालाई रु १५ लाख, उपविजेतालाई रु आठ लाख, तेस्रो हुने क्लबलाई रु पाँच लाख तथा चौथो हुनेलाई रु तीन लाख पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी सी डिभिजन लिगको तयारीका लागि प्रत्येक क्लबलाई रु सात लाख दिइने एन्फाले जनाएको छ । महिला फुटबल प्रतियोगिताका विजेतालाई रु १५ लाख, उपविजेतालाई रु आठ लाख, तेस्रोलाई रु पाँच लाख तथा चौथो हुनेलाई रु तीन लाख पुरस्कार प्रदान गर्ने एन्फाले निर्णय गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : ०२ बजे

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

दशरथचन्द– बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ