कस्तो रहने छ आगामी तीन दिनको मौसम ? « Khabarhub

कस्तो रहने छ आगामी तीन दिनको मौसम ?


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको हो ।

महाशाखाले आज दिउँसो केही ठाँउमा आंशिक बदलीसहित मौसम सामान्यतया सफा रहने जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २७ गते (सोमबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातिः देशका पश्चिमी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २८ गते (मंगलबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २९ गते (बुधबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ६ : २७ बजे

एक हजार ५२१ किलो गाँजा नष्ट

धनकुटा– जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको ठूलो परिमाणको प्रतिबन्धित

आज पनि नेप्से परिसूचक झिनो अंकमै सीमित 

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सहज रूपमा ग्यास आपूर्ति

सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि १५–२० वर्षलाई जग खन्दै छ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान

कांग्रेस कोशी सरकारबाट बाहिरिँदै, चार मन्त्रीसहित राज्यमन्त्रीले आजै राजीनामा दिने

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ। कांग्रेसका