विश्वकप क्रिकेट लिग २– पूराना खेलाडी जमेनन्, नयाँले आशा जगाए | Khabarhub Khabarhub

विश्वकप क्रिकेट लिग २– पूराना खेलाडी जमेनन्, नयाँले आशा जगाए



काठमाडौं – अहिले नेपाली क्रिकेट टीम काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा व्यस्त छ । गएको बुधबार नेपालले पाहुना टोली ओमानसँग खेल्दै शृङ्खलाको शुरुवात गरेको थियो ।

२०२३ को विश्वकप क्रिकेटको रोडम्यापका रुपमा रहेको यस प्रतियोगितामा घरेलु मैदानमा खेल्दै विश्वकप छनोटको यात्रा शुरु गरेको नेपालले पहिलो खुड्किलोमै असफलता व्यहोर्नु पर्‍यो । नेपाल आफ्नो पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भयो ।

शनिबार भएको दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै शृङ्खलामा फर्किएको अनुभूति नेपालले दियो । कप्तान ज्ञानेन्द्र मल्लले पनि अमेरिकासँगको खेलपछि अब नेपाल लयमा फर्किएको बताएका थिए ।

त्यो उत्साह २४ घण्ट नवित्दै निराशामा परिणत भयो । जहाँ नेपाल आफ्नो तेस्रा खेलमा ओमानसँग ८ विकेटले पराजित भयो । आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ओमानलाई निर्धारित ५० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर २ सय ५० रनको लक्ष्य दिएको थियो ।

एकदिवसीय खेलमा लक्ष्य ठूलो होइन । तर, नेपालले उक्त लक्ष्यमा ओमानलाई रोक्न सक्थ्यो । त्यो आशा निराशामा परिणत भयो, जब ओमानका खेलाडी अक्विब इल्यासीले अर्धशतकिय इनिङ्स खेल्दै अगाडि बढे, त्यसपछि नेपाली बलर दबावमा देखिए ।

दबावमा मात्रै होइन नेपाली बलरहरुले क्रिजमा जमेका ओमानका इल्यासि र कप्तान जिसन मक्सुदलाई आउट नै गर्न सकेनन् ।

ईल्यासी र कप्तान जिसन मक्सुदकले १ सय ६७ रनको उत्कृष्ट साझेदारी इनिङ्स खेल्दै पुनः एक पटक नेपाली बलरलाई कमजोर सावित गरि दिए ।

ओमानले नेपालमाथि ८ विकेटको जीत हात पार्दा ओमानका ईल्यासीले १ सय ८ रन बनाए । यो उनको पहिलो एकदिवसीय शतक पनि हो ।

ओमानविरुद्धको खेलमा नेपाली ब्याटिङ तुलनात्मक रुपमा राम्रो रह्यो । जसमा कप्तान मल्लले एकदिवसीय क्रिकेटमा दोस्रो अर्धशतकिय इनिङ्स खेले । फिल्डिङमा भने केही कमिकमजोरी देखिए ।

जसमा २५ औं ओभरमा नेपाल आरिफ शेखले ओमानका खेलाडी इल्यासीको क्याच छाडेका थिए । यदि उक्त क्याच हुन पाएको भए खेलले अर्कै मोड लिन्थ्यो ।

‘राम्रो टिमसँग खेल्दै छौं भने हामीले हाफ चान्सेसहरु पनि लिनु पर्छ । यस्तो चान्स गुमाउनु ब्याडलक हुन्छ । फिल्डरले कहिलै पनि क्याच छाड्न चहादैन,’ कप्तान मल्लले भनेका थिए ।

यी र यस्तै कमकमजोरीले नेपालले शृङ्खलामा ओमानसँगका २ खेलमा हार व्यहोरिसकेको छ । घरेलु मैदानबाट शुरु भएको शृङ्खलालाई शुखद् बनाउन नसके पनि यस शृङ्खलामा केही नयाँ कीर्तिमान र नेपाली क्रिकेटको भविष्यमा आशा गर्ने खालका केही खेलाडी देखिएका छन् ।

नयाँ स्पिनरले देखाएको आश !

विश्वकप लिग २ को टोलीमा नेपालले केही नयाँ खेलाडीलाई अवसर दिएको थियो । जसमा युवा अलराउण्डर कुशल मल्ल, सुशन भारी, कमलसिंह ऐरी, अबिनास बोहराले एकदिवसीय क्रिकेटमा डेब्यु गरे ।

डेब्यु अवसर पाएका बाँया हाते स्पिनरले राम्रो शुरुवात गर्दा तीव्र गतिका बलर अभिनास बोहरा र कमलसिंह ऐरीले भने राम्रो शुरुवात गर्न सकेनन् । सुशनले ओमानविरुद्धको पहिलो खेलमा डेब्यु गरे । उक्त खेलमै उनले १० ओभर पूरा बलिङ गरे । जसमा उनले मात्रै १४ रन खर्चेर ३ विकेट लिए ।

यता, शृङ्खलाको दोस्रो खेलमा डेब्युको अवसर पाएका कुशल मल्लले आफ्नो डेब्युलाई नेपाली दर्शकका लागि मात्रै सम्झन योग्य बनाएनन्, विश्व कीर्तिमान समेत बनाए । उनले एकदिवसीय क्रिकेटमा डेब्यु खेलमै अर्धशतक पूरा गर्ने कान्छो खेलाडीको कीर्तिमान बनाए । जसमा उनले ५० रन पूरा गरेका थिए भने बलिङ तर्फ १ विकेट लिएका थिए ।

यस्तै शुसन भारीले पनि लगातार तीन खेलमा विकेट लिँदै आएका छन् । उनले तीन खेलमा गरी ६ विकेट लिइसकेका छन् । तर, नयाँ आएका पेश बलरहरुले भने खासै प्रभावकारी प्रदर्शन देखाउन सकेका छैनन् । शृङ्खलाका दुई खेल खेलेका अभिनास बोहरा विकेट विहीन भएपछि उनको स्थानमा मैदान प्रवेश गरेका कमलसिंह ऐरी पनि ओमानविरुद्धको दोस्रो खेलमा विकेट विहीन हुन पुगे ।

‘अहिले टोलीमा धेरै पनि ‘लेफ्ट आर्म स्पिनर’ प्रभावकारी देखिएका छन् । यो टिमका लागि खुसीको कुरा हो,’ कप्तान मल्लले भने ।

अपेक्षित खेलाडीको निराशाजनक प्रदर्शन

प्रशिक्षक उमेश पटवाललाई मान्ने हो भने नेपाली खेलाडीले धेरै एकदिवसीय खेल खेलेका छैनन् । त्यसैले अहिले सिक्दै छन् । अहिले जुन प्रदर्शन भइरहेको छ, यो सुखद् शुरुवात हो । तर, ओमानविरुद्ध दोस्रो हार व्येहोरीसके पनि कप्तान मल्लले अपेक्षित खेलाडीबाट त्यो अनुसारको प्रदर्शन हुन नसकेको बताएका छन् ।

जसमा ब्याटिङ तर्फ कहिले ओपनिङ त कहिले मध्यक्रम कमजोर बन्दै आएको छ । सधै ओपनिङ कमजोर देखिन्थ्यो तर, ओमानविरुद्धको दोस्रो खेलमा ओपनिङ भन्दा पनि मध्यक्रम केही कमजोर देखियो भने फिनिसिङ पनि राम्रो हुन नसक्दा २ सय ५० रनको लक्ष्य दिएको थियो ।

नेपालबाट बढी अपेक्षा गरिएका टि–२० का ग्लोवल आइकन सन्दीप लामिछानेले त्यो अनुसारको प्रदर्शन दिन सकेका छैनन् । सन्दीपले प्रतियोगिताको ३ खेलमा ३० ओभर बलिङ गर्दै ३ मेडन ओभरसहित १ सय ३७ रन खर्चेर २ विकेट लिएका छन् भने यता ब्याटिङतर्फ उपकप्तान दीपेन्द्रसिंह ऐरी लगातार दुई खेलमा ‘डग’ आउट भएका छन् । उनले प्रतियोगिताको पहिलो खेलमा ओमानविरुद्ध ३६ रन बनाएका थिए । त्यसयता उनी लगातार शून्यमा आउट भइरहेका छन् ।

नेपालका लागि यो शृङ्खलामा सबै जसो खेलाडीको प्रदर्शन तल माथि भइरहको छ । तर, विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले एकनासको प्रदर्शन देखाइरहेका छन् । उनले पछिल्ला तीनै खेलमा नेपालको कमजोर ब्याटिङ लाइनलाई टिकेर खेल्दै टिमका लागि योगदान गरिरहेका छन् । जसमा उनले १ सय २० रन बनाइसकेका छन् ।

बाह्रौं खेलाडीको उत्सहाजनक उपस्थिती

लामो समयपछि नेपालले घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्दा पनि बाह्रौ खेलाडीका रुपमा लिइने दर्शकको सहभागीता भने उत्साहजनक रहेको छ । पहिलो खेलमा ५–६ हजार दर्शक मैदानमा ओर्लदा शनिबार अमेरिकाविरुद्धको खेलमा १२ हजार दर्शक मैदानमा प्रतक्ष खेल हेर्न आएका क्यानले जनाएको थियो भने तेस्रो खेलमा पनि उत्तीकै दर्शकको साथ रह्यो ।

तर, दर्शकको साथ पाएपनि नेपाली टोलीले जीत हात पार्न नसक्दा उनीहरुमा केही निराशा भने पक्कै छ ।

अब शृङ्खलाको अन्तिम खेल नेपालले बुधबार अमेरिकासँग खेल्दैछ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ८ : २४ बजे

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर

अर्थमन्त्री पुनको अमेरिका भ्रमण : माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

काठमाडौं– संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ