धुलिखेल सामुदायिक अस्पताललाई पनि शव परीक्षणको अनुमति « Khabarhub

धुलिखेल सामुदायिक अस्पताललाई पनि शव परीक्षणको अनुमति


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – धुलिखेल सामुदायिक अस्पतालले पनि शव परीक्षण सेवा सञ्चालन गर्ने अुनमति पाएको गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुलिखेल अस्पताललाई यही माघ १ गतेदेखि शव परीक्षणको अनुमति दिएको जनाइएको छ ।

काभ्रेमा यसअघि शिर मेमोरियल अस्पतालले शव परीक्षण सेवा प्रदान गर्दै आएको छ । आइतबार अस्पतालले सेवा सञ्चालन गर्न आवश्यक तयारीमा जिल्ला स्थित प्रशासन, प्रहरी र अदालतका प्रमुखहरुसँग परामर्श गरेको छ ।

अस्पतालका डा. राजकुमार कार्कीका अनुसार अस्पतालले यो सेवा सञ्चालन गर्न ५ बर्षअघि पनि छलफल चलाएको थियो । यसका लागि आवश्यक संरचना निर्माण तथा जनशक्ति व्यवस्थाभएपछि मन्त्रालयले अनुमति दिएको जनाइएको छ ।

उमेर प्रमाणीकरण, कुटपिट, जबर्जस्ती करणी, मानसिक अवस्थाको परीक्षण, यातना, शव परीक्षण मृत्युको कारण र अन्य कुनै घटनाको सम्बन्धमा प्रचलित कानूनबमोजिम गरिने चिकित्सकीय जाँच लगायतका सेवा अब धुलिखेल अस्पतालबाट पनि प्राप्त हुनेछ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ८ : २५ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को