धुलिखेल सामुदायिक अस्पताललाई पनि शव परीक्षणको अनुमति « Khabarhub

धुलिखेल सामुदायिक अस्पताललाई पनि शव परीक्षणको अनुमति


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – धुलिखेल सामुदायिक अस्पतालले पनि शव परीक्षण सेवा सञ्चालन गर्ने अुनमति पाएको गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुलिखेल अस्पताललाई यही माघ १ गतेदेखि शव परीक्षणको अनुमति दिएको जनाइएको छ ।

काभ्रेमा यसअघि शिर मेमोरियल अस्पतालले शव परीक्षण सेवा प्रदान गर्दै आएको छ । आइतबार अस्पतालले सेवा सञ्चालन गर्न आवश्यक तयारीमा जिल्ला स्थित प्रशासन, प्रहरी र अदालतका प्रमुखहरुसँग परामर्श गरेको छ ।

अस्पतालका डा. राजकुमार कार्कीका अनुसार अस्पतालले यो सेवा सञ्चालन गर्न ५ बर्षअघि पनि छलफल चलाएको थियो । यसका लागि आवश्यक संरचना निर्माण तथा जनशक्ति व्यवस्थाभएपछि मन्त्रालयले अनुमति दिएको जनाइएको छ ।

उमेर प्रमाणीकरण, कुटपिट, जबर्जस्ती करणी, मानसिक अवस्थाको परीक्षण, यातना, शव परीक्षण मृत्युको कारण र अन्य कुनै घटनाको सम्बन्धमा प्रचलित कानूनबमोजिम गरिने चिकित्सकीय जाँच लगायतका सेवा अब धुलिखेल अस्पतालबाट पनि प्राप्त हुनेछ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ८ : २५ बजे

न्युजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र पोर्चुगल

विद्यार्थी आन्दोलनबीच भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

नयाँदिल्ली– भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले विद्यार्थी आन्दोलनबीच पदबाट राजीनामा दिएका

मधेस सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

जनकपुरधाम– मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२-८३

राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्ती

काठमाडौं– राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

भद्रपुर– जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ