सुन्तलाको बोक्रामा हुन्छ यस्ता गुण, अनुहारमा लगाउँदा आउछ चमक « Khabarhub

सुन्तलाको बोक्रामा हुन्छ यस्ता गुण, अनुहारमा लगाउँदा आउछ चमक


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै मानिस सुन्तलाका पारखी हुन्छन् । यसको स्वाद र गुणले मानिसलाई लोभ्याउने गर्दछ । तर सुन्तलाको केस्रामा मात्र होइन, सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ ।

सुन्तलाको बोक्रा विशेषगरी छालाको समस्याका लागी उपयोगी रहने गर्दछ । यसले छालालाई धेरै प्रकारका रोग तथा समस्याबाट बचाउने गर्दछ । सुन्तलाको बोक्राको फेस मास्कलाई सबैभन्दा लोकप्रिय मास्कको रुपमा समेत लिइन्छ ।

यस्ता छन्, सुन्तलाको बोक्राको फाइदा 

१. डण्डिफोर हटाउन

सुन्तलामा एन्टिअक्सिडेन्ट र एन्टि इन्फ्लामेन्टरी गुण हुन्छ । यसले डण्डिफोर हटाउन मद्दत गर्नुका साथै डण्डिफोर जन्माउने हाइपरपिग्मेन्टेशनलाई पनि कम गर्दछ ।

२. मृत छाला हटाउन

सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले अनुहारको मृत छाला हटाउन गर्दछ । मृत छालाले अनुहारको छिद्रलाई बन्द गरिदिन्छ जसले अनुहारको छालामा समस्या पैदा गर्छ । तसर्थ सुन्तलाको बोक्राले मृत कोशिका हटाउन एक्सफोलिएटको काम गर्दछ ।

३. अनुहारको फोहोर सफा गर्न

अनुहारको छालामा फोहोर जमेर छालामा समस्या भएको छ भने सुन्तलाको बोक्रा लगाउँदा यसले अनुहारको फोहोर सफा गरी छालामा पोषण समेत पुग्दछ ।

४. अनुहारमा चमक ल्याउँछ

सुन्तलाको बोक्रामा हुने एन्टिअक्सिडेन्टले फ्रि रेडिकलबाट बचाउँछ । साथै सुन्तलाको बोक्रा पिसेर मास्क लगाउँदा अनुहार कसिलो हुने र छालामा चमकता ल्याउँने गर्दछ ।

५. ओइली फेसको समाधान

सुन्तलाको बोक्रामा पाइने साइट्रिक एसिडले ओइली अनुहारको समाधान गर्दछ । यसले अनुहारमा आउने तेलीय उत्पादन रोक्दछ ।

६. छाला कोमल बनाउँछ

सुन्तलको बोक्रामा मोस्चराइजिङ गुण हुने गर्दछ । जसको प्रयोग गर्नाले छाला कोमल हुनुका साथै उमेरभन्दा कम देखाउँन मद्दत गर्छ ।

सुन्तलाको बोक्राबाट लाभ लिनको लागि यसको बोक्रालाई सुकाएर धुलो बनाउने र विभिन्न तरिकाबाट अनुहारमा प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ८ : ३७ बजे

मुस्लिम समुदायको अधिकार स्थापित गर्न मुस्लिम आयोगको भूमिका महत्त्वपूर्ण छ : प्रदेश प्रमुख मियाँ

अत्तरिया– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको अधिकार स्थापित

घोषणा पत्रमा दलका उडन्ते योजना, विज्ञ भन्छन् : औकातबिनाको महत्वाकाङ्क्षा कसरी पूरा होला ?

काठमाडौं- सडक समयमै नबन्दा हजुरबुबादेखि नाती पुस्तासम्मले भोग्नुपर्ने वर्षौँदेखिको सास्ती

फागुन २९ मा आउने फिल्म ‘लालिमा’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं – फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ

‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीतमा विराज र सुपुष्पाको रोमान्स

काठमाडौं – चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको नायक विराज