कोरोना संक्रमण : एकै दिन ९७ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ९ सय नाघ्यो « Khabarhub

कोरोना संक्रमण : एकै दिन ९७ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ९ सय नाघ्यो


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट चीनमा एकै दिन ९७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट एकै दिन मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो । यो संगै कोरोनाको महामारीबाट ९ सय १० जनाको मृत्यु भएको छ । यसमध्ये ९ सय ८ जना चिनियाँ नागरिक हुन ।

मृत्यु हुने अन्य दुई जना गैह्रचिनियाँ छन । एक जना अमेरिकी र जापानीको पनि कोरोनाबाट मृत्यु भएको छ ।

कोरोनाको महामारी फैलिएको डेढ महिनामा ४० हजार १ सय ७१ जना संक्रमित भएका छन । वुहानबाट फैलिएको कोरोना भाइरसको अहिलेसम्म विश्वका ३० मुलुकमा देखिएको पुष्टि भइसकेको छ ।

कोरोना संक्रमितलाई बचाउँन चीनले छुट्टै अस्पताल निर्माण गरेर उपचार गरे पनि नियन्त्रणमा आउन सकेको छैन । यसअलवा चिनले आफ्ना मुलुकका नागरिकलाई आन्तरिक यात्रामा समेत प्रतिबन्ध लगाएको छ ।

कोरोनाले महामारीको रुप लिएपछि विश्व स्वास्थ्य संगठनले संसारभर स्वास्थ्य आपतकाल समेत घोषणा गरेको छ ।

यसलगत्तै कतिपय मुलुकले चीन भ्रमण गरेर फर्किनेहरुलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएका छन भने चीनसँगको हवाई सेवा समेत तत्काललाई प्रतिबन्ध लगाइसकेका छन । तर पनि कोरोनाको महामारी नियन्त्रणमा आउन सकेको छैन ।

कोरोनाकै कारण हङकङमा जहाजभित्र बन्धक बनेका यात्रु मुक्त

हङकङमा चार दिनसम्म पानीजहाजमा बन्धकजस्तो बनेका हजारौं मानिसहरूलाई कोरोनाभाइरसको परीक्षणपछि मुक्त गरिएको छ।

अघिल्लो यात्राका क्रममा केही कर्मचारीहरूमार्फत् कोरोना भाइरस पानीजहाजमा रहेकाहरुमा पनि सरेको हुनसक्ने आशङ्काका कारण  वर्ल्ड ड्रीम क्रुजका तीन हजार ६ सय यात्रु र चालक दललाई निगरानीमा राखिएको थियो।

जापानमा अर्को पानीजहाजमा कोरोनाभाइरसबाट सङ्क्रमित दर्जनौं भएको पुष्टि भएपछि निगरानीमा राखिएको छ।

 

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ८ : ४६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा