कोरोना संक्रमण : एकै दिन ९७ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ९ सय नाघ्यो « Khabarhub

कोरोना संक्रमण : एकै दिन ९७ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ९ सय नाघ्यो


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट चीनमा एकै दिन ९७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट एकै दिन मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो । यो संगै कोरोनाको महामारीबाट ९ सय १० जनाको मृत्यु भएको छ । यसमध्ये ९ सय ८ जना चिनियाँ नागरिक हुन ।

मृत्यु हुने अन्य दुई जना गैह्रचिनियाँ छन । एक जना अमेरिकी र जापानीको पनि कोरोनाबाट मृत्यु भएको छ ।

कोरोनाको महामारी फैलिएको डेढ महिनामा ४० हजार १ सय ७१ जना संक्रमित भएका छन । वुहानबाट फैलिएको कोरोना भाइरसको अहिलेसम्म विश्वका ३० मुलुकमा देखिएको पुष्टि भइसकेको छ ।

कोरोना संक्रमितलाई बचाउँन चीनले छुट्टै अस्पताल निर्माण गरेर उपचार गरे पनि नियन्त्रणमा आउन सकेको छैन । यसअलवा चिनले आफ्ना मुलुकका नागरिकलाई आन्तरिक यात्रामा समेत प्रतिबन्ध लगाएको छ ।

कोरोनाले महामारीको रुप लिएपछि विश्व स्वास्थ्य संगठनले संसारभर स्वास्थ्य आपतकाल समेत घोषणा गरेको छ ।

यसलगत्तै कतिपय मुलुकले चीन भ्रमण गरेर फर्किनेहरुलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएका छन भने चीनसँगको हवाई सेवा समेत तत्काललाई प्रतिबन्ध लगाइसकेका छन । तर पनि कोरोनाको महामारी नियन्त्रणमा आउन सकेको छैन ।

कोरोनाकै कारण हङकङमा जहाजभित्र बन्धक बनेका यात्रु मुक्त

हङकङमा चार दिनसम्म पानीजहाजमा बन्धकजस्तो बनेका हजारौं मानिसहरूलाई कोरोनाभाइरसको परीक्षणपछि मुक्त गरिएको छ।

अघिल्लो यात्राका क्रममा केही कर्मचारीहरूमार्फत् कोरोना भाइरस पानीजहाजमा रहेकाहरुमा पनि सरेको हुनसक्ने आशङ्काका कारण  वर्ल्ड ड्रीम क्रुजका तीन हजार ६ सय यात्रु र चालक दललाई निगरानीमा राखिएको थियो।

जापानमा अर्को पानीजहाजमा कोरोनाभाइरसबाट सङ्क्रमित दर्जनौं भएको पुष्टि भएपछि निगरानीमा राखिएको छ।

 

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ८ : ४६ बजे

ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक