ए डिभिजन लिगमा तीन खेल हुँदै | Khabarhub Khabarhub

ए डिभिजन लिगमा तीन खेल हुँदै


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा आज एकै दिन तीन खेल हुँदैछन ।

लिगको १२ औं चरणका खेल चलिरहँदा आजको पहिलो खेलमा एपीएफ र फ्रेन्ड्सबीचको प्रतिस्पर्धा जारी छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा एपीएफलाई हराउँदै फ्रेन्ड्स शीर्ष ६ मा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ ।

दोस्रो खेलमा सरस्वती र च्यासल तथा तेस्रो खेलमा संकटा र मछिन्द्र क्लब प्रतिस्पर्धा गर्दैछन । खेल मध्यान्ह १२ बजेर १५ मिनेटमा एन्फा कम्प्लेक्समै हुदैछ ।

रेलिगेशनबाट जोगिएको च्यासललाई शीर्ष ६ को दौडमा गणितिय रुपमा कायम रहन सरस्वतीबिरुद्व जित चाहिएको छ ।

यस्तै, लिगको उपाधि होडमा रहेको मछिन्द्रले दिउँसो साढे ३ बजे संकटा क्लबसंग खेल्दैछ । संकटाबिरुद्व जित निकाल्दै मछिन्द्रलाई लिगको शीर्ष स्थानमा उक्लिने अवसर समेत छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ९ : १८ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी