भीषण बर्षापछि अष्ट्रेलियाको डढेलो निभ्दै, सार्वजनिक यातायात अस्तव्यस्त « Khabarhub

भीषण बर्षापछि अष्ट्रेलियाको डढेलो निभ्दै, सार्वजनिक यातायात अस्तव्यस्त


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रलियामा भीषण बर्षापछि महिनौंदेखि फैलिएको डढेलो नियन्त्रणउन्मुख भएको छ ।

सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि महिनौंदेखि फैलिएको डढेलो लगभग निभेको छ ।

केही महिनायता न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलोलाई वर्षाले निभाइदिएको छ।

विगत ७४ दिनदेखि स्वालहेवन नगर नजिकै फैलिरहेको करोवान नामक डढेलो पनि निभेको छ। सो डढेलोले ५ सय हेक्टर क्षेत्रफल प्रभावित पार्दै ३१२ वटा घर जलाएको थियो ।

अष्ट्रेलियाली अधिकारीहरुका अनुसार बुधबारदेखि बर्षा जारी रहँदा न्यु साउथवेल्स राज्यका अधिकांश भू-भाग जलमग्न भएका छन । त्यहाँ करिव ४ सय मिलिमिटर पानी परेको छ।

बर्षापछिको बाढीले सार्वजनिक यातायात अस्तव्यस्त भएको छ । रेल तथा डुङ्गा सेवा पनि अवरुद्ध भएको छ। छन्। सिड्नीको एउटा मुख्य स्टेशन सेन्ट्रलका कैयौँ प्ल्याटफर्म पानीमा डुबेका छन्।

झन्डै एक लाख घरमा बिद्युत सेवा बन्द भएको छ । भीषण बर्षापछिको बाढी घरघरमा पसेपछि हजारौं मानिस घर छाड्न बाध्य भएका छन ।

सिड्नीबाट २ सय जनालाई आपत्कालीन सेवाका कर्मचारीहरूले उद्धार गरेका छन । दर्जनौँ स्कूल बन्द रहेका छन्। मानिसहरूलाई सकेसम्म घरमै बस्न आह्वान गरिएको बीबीसीले जनाएको छ ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ९ : ४७ बजे

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक

अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौँ– बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना