भीषण बर्षापछि अष्ट्रेलियाको डढेलो निभ्दै, सार्वजनिक यातायात अस्तव्यस्त « Khabarhub

भीषण बर्षापछि अष्ट्रेलियाको डढेलो निभ्दै, सार्वजनिक यातायात अस्तव्यस्त


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रलियामा भीषण बर्षापछि महिनौंदेखि फैलिएको डढेलो नियन्त्रणउन्मुख भएको छ ।

सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि महिनौंदेखि फैलिएको डढेलो लगभग निभेको छ ।

केही महिनायता न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलोलाई वर्षाले निभाइदिएको छ।

विगत ७४ दिनदेखि स्वालहेवन नगर नजिकै फैलिरहेको करोवान नामक डढेलो पनि निभेको छ। सो डढेलोले ५ सय हेक्टर क्षेत्रफल प्रभावित पार्दै ३१२ वटा घर जलाएको थियो ।

अष्ट्रेलियाली अधिकारीहरुका अनुसार बुधबारदेखि बर्षा जारी रहँदा न्यु साउथवेल्स राज्यका अधिकांश भू-भाग जलमग्न भएका छन । त्यहाँ करिव ४ सय मिलिमिटर पानी परेको छ।

बर्षापछिको बाढीले सार्वजनिक यातायात अस्तव्यस्त भएको छ । रेल तथा डुङ्गा सेवा पनि अवरुद्ध भएको छ। छन्। सिड्नीको एउटा मुख्य स्टेशन सेन्ट्रलका कैयौँ प्ल्याटफर्म पानीमा डुबेका छन्।

झन्डै एक लाख घरमा बिद्युत सेवा बन्द भएको छ । भीषण बर्षापछिको बाढी घरघरमा पसेपछि हजारौं मानिस घर छाड्न बाध्य भएका छन ।

सिड्नीबाट २ सय जनालाई आपत्कालीन सेवाका कर्मचारीहरूले उद्धार गरेका छन । दर्जनौँ स्कूल बन्द रहेका छन्। मानिसहरूलाई सकेसम्म घरमै बस्न आह्वान गरिएको बीबीसीले जनाएको छ ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ९ : ४७ बजे

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण