रुकुमका बासिन्दा अझै ढिके नुन उपभोग गर्दै « Khabarhub

रुकुमका बासिन्दा अझै ढिके नुन उपभोग गर्दै


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम – रुकुम (पूर्व) का विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग हुने गरेको पाइएको छ ।

आयोडिन युक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भए पनि रुकुमका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग गर्न छाडिएको छैन ।

सिस्ने गाउँपालिका–१, २, ४, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका अधिकांश गाउँमा ढिके नुन प्रयोग गर्नेको सङ्ख्या अझै नघटेको बताइएको छ ।

पुथाउत्तरगङ्गा गाउँपालिकामा घोडाबाटै बोराका बोरा ढिके नुन ढुवानी हुने गरेको छ । सस्तो र सजिलो भएकाले आफूहरुले ढिके नुन प्रयोग गर्दै आएको भूमे गाउँपालिका–२ का सुजन घर्ती मगरले बताए ।

बजारमा आयोडिनयुक्त नुन पाइने गर्दछ । ढिके नुनभन्दा महङ्गो पर्ने र स्वादमा पनि फरक हुने भएकाले आयोडिनयुक्त नुनको प्रयोग नगरेको मगरको भनाई छ ।

ढिके नुनको प्रतिकिलो २० रुपैँया र आयोडिनयुक्त नुन ३० पर्ने बताइएको छ । ‘आयोडिनयुक्त नुनको प्रयोग गर्नुपर्छ’ भन्ने चेतनाको अभावले ढिके नुनको प्रयोग गर्न नछाडेका सिस्ने गाउँपालिका–५ का प्रकाश मगरले बताए ।

सरकारले ‘दुई बालबालिकाको चिह्न अङ्कित आयोडिनयुक्त नुनको प्रयोग गरौँ’ भनेपनि यहाँका जनतामा अझै चेतनाको कमी रहेको पाइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १० : १८ बजे

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

दशरथचन्द– बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ