ओस्कार २०२०: ‘पारासाइट’ ले चुम्यो उत्कृष्ट फिल्मको उपाधि (विजेताको सूची र भिडियोसहित) « Khabarhub

ओस्कार २०२०: ‘पारासाइट’ ले चुम्यो उत्कृष्ट फिल्मको उपाधि (विजेताको सूची र भिडियोसहित)


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकामा सम्पन्न ९२ औं ओस्कार अवार्डमा उत्कृष्ट चलचित्रको उपाधि कोरियन फिल्म ‘पारासाइट’ ले जितेको छ ।

कोरियामा देखिएको वर्गीय विभेदको कथा उठाएको यो फिल्म विदेशी भाषाको फिल्म विधामा पनि उपाधि हात पार्‍यो । योसँगै ‘पारासाइट’ ओस्कारमा उत्कृष्ट फिल्मको अवार्ड जित्ने पहिलो विदेशी भाषाको फिल्म बनेको छ ।

यही फिल्मबाट निर्देशक बोङ जुन हो उत्कृष्ट निर्देशक घोषित भए ।

[प्यारासाइटले उत्कृष्ट फिल्मको अवार्ड जित्दाको क्षण]

यस्तै ओस्कार २०२० मा फिल्म ‘जोकर’ बाट वाकिन फिनिक्सले उत्कृष्ट अभिनेताको अवार्ड जिते भने फिल्म ‘जुडी’ बाट रेनी जेलवेगरले उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितिन् ।

त्यसैगरी ओस्कारको ९२ औं संस्करणमा ‘१९१७’ ले उत्कृष्ट भिजुअल इफेक्टको अवार्ड जितेको छ भने उत्कृष्ट डकुमेन्ट्री अमेरिका फ्याक्ट्रीले जितेको छ ।

यस्तो छ पूर्ण सूची:

उत्कृष्ट फिल्म

प्यारासाइट

उत्कृष्ट निर्देशक

वोङ जून–हो, प्यारासाइट

उत्कृष्ट अभिनेता

वाक्वीन फिनिस्क, जोकर

उत्कृष्ट अभिनेत्री

रेनी जेलवेगर, जुडी

उत्कृष्ट सहायक अभिनेता

ब्राड पिट, ओन्स अपन अ टाइम इन हलिउड

उत्कृष्ट सहायक अभिनेतृ

लउरा डर्न, म्यारिज स्टोरी

उत्कृष्ट मौलिक पटकथा

प्यारासाइट

उत्कृष्ट रुपान्तरित पटकथा

जोजो -याबिट

उत्कृष्ट एनिमेटेड (कार्टुन) फिल्म

टोय स्टोरी ४

उत्कृष्ट सर्ट(छोटो) फिल्म(लाइभ एक्सन)

द नेबर्स विन्डो

उत्कृष्ट छोटो फिल्म (एनिमेटेड)

हेयर लभ

उत्कृष्ट निर्माण डिजाइन

ओन्स अपन अ टाइम इन हलिउड

उत्कृष्ट कम्ट्युम डिजाइन

लिटल वुमन

उत्कृष्ट वृतचित्र

अमेरिकी फ्याक्ट्री

उत्कृष्ट वृतचित्र (छोटो)

लर्निङ टू स्केटबोर्ड इन अ वार–जोन(इफ यु आर गर्ल)

उत्कृष्ट छायांकन

१९१७

उत्कृष्ट ध्वनि सम्पादन

फोर्ड भर्सेस फेरारी

उत्कृष्ट ध्वनि मिश्रण

१९१७

उत्कृष्ट भिजुअल इफेक्ट

१९१७

उत्कृष्ट मेकअप तथा केस सज्जा

बमशेल

उत्कृष्ट अन्तराष्ट्रिय कथानक फिल्म

प्यारासाइट

उत्कृष्ट मौलिक संगित

जोकर

उत्कृष्ट मौलिक गीत

आई एम गनअ लभ मी अगेन, रकेटम्यान

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ११ : १७ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका