ओस्कार २०२०: ‘पारासाइट’ ले चुम्यो उत्कृष्ट फिल्मको उपाधि (विजेताको सूची र भिडियोसहित) « Khabarhub

ओस्कार २०२०: ‘पारासाइट’ ले चुम्यो उत्कृष्ट फिल्मको उपाधि (विजेताको सूची र भिडियोसहित)


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकामा सम्पन्न ९२ औं ओस्कार अवार्डमा उत्कृष्ट चलचित्रको उपाधि कोरियन फिल्म ‘पारासाइट’ ले जितेको छ ।

कोरियामा देखिएको वर्गीय विभेदको कथा उठाएको यो फिल्म विदेशी भाषाको फिल्म विधामा पनि उपाधि हात पार्‍यो । योसँगै ‘पारासाइट’ ओस्कारमा उत्कृष्ट फिल्मको अवार्ड जित्ने पहिलो विदेशी भाषाको फिल्म बनेको छ ।

यही फिल्मबाट निर्देशक बोङ जुन हो उत्कृष्ट निर्देशक घोषित भए ।

[प्यारासाइटले उत्कृष्ट फिल्मको अवार्ड जित्दाको क्षण]

यस्तै ओस्कार २०२० मा फिल्म ‘जोकर’ बाट वाकिन फिनिक्सले उत्कृष्ट अभिनेताको अवार्ड जिते भने फिल्म ‘जुडी’ बाट रेनी जेलवेगरले उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितिन् ।

त्यसैगरी ओस्कारको ९२ औं संस्करणमा ‘१९१७’ ले उत्कृष्ट भिजुअल इफेक्टको अवार्ड जितेको छ भने उत्कृष्ट डकुमेन्ट्री अमेरिका फ्याक्ट्रीले जितेको छ ।

यस्तो छ पूर्ण सूची:

उत्कृष्ट फिल्म

प्यारासाइट

उत्कृष्ट निर्देशक

वोङ जून–हो, प्यारासाइट

उत्कृष्ट अभिनेता

वाक्वीन फिनिस्क, जोकर

उत्कृष्ट अभिनेत्री

रेनी जेलवेगर, जुडी

उत्कृष्ट सहायक अभिनेता

ब्राड पिट, ओन्स अपन अ टाइम इन हलिउड

उत्कृष्ट सहायक अभिनेतृ

लउरा डर्न, म्यारिज स्टोरी

उत्कृष्ट मौलिक पटकथा

प्यारासाइट

उत्कृष्ट रुपान्तरित पटकथा

जोजो -याबिट

उत्कृष्ट एनिमेटेड (कार्टुन) फिल्म

टोय स्टोरी ४

उत्कृष्ट सर्ट(छोटो) फिल्म(लाइभ एक्सन)

द नेबर्स विन्डो

उत्कृष्ट छोटो फिल्म (एनिमेटेड)

हेयर लभ

उत्कृष्ट निर्माण डिजाइन

ओन्स अपन अ टाइम इन हलिउड

उत्कृष्ट कम्ट्युम डिजाइन

लिटल वुमन

उत्कृष्ट वृतचित्र

अमेरिकी फ्याक्ट्री

उत्कृष्ट वृतचित्र (छोटो)

लर्निङ टू स्केटबोर्ड इन अ वार–जोन(इफ यु आर गर्ल)

उत्कृष्ट छायांकन

१९१७

उत्कृष्ट ध्वनि सम्पादन

फोर्ड भर्सेस फेरारी

उत्कृष्ट ध्वनि मिश्रण

१९१७

उत्कृष्ट भिजुअल इफेक्ट

१९१७

उत्कृष्ट मेकअप तथा केस सज्जा

बमशेल

उत्कृष्ट अन्तराष्ट्रिय कथानक फिल्म

प्यारासाइट

उत्कृष्ट मौलिक संगित

जोकर

उत्कृष्ट मौलिक गीत

आई एम गनअ लभ मी अगेन, रकेटम्यान

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ११ : १७ बजे

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो