सीए पढेका तीन युवा : जो एक्वेरियम बेचेर करोड कमाउँछन् | Khabarhub Khabarhub

सीए पढेका तीन युवा : जो एक्वेरियम बेचेर करोड कमाउँछन्


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चार्टर एकाउन्टेन्ट (सीए) अध्ययन पूरा गरेका ३ युवाले संयुक्त लगानीमा चितवनको नारायणगढस्थित प्रगतिपथमा ‘नेपाल एक्वेरियम एन्ड डेकोरेशन हाउस’ नामक व्यवसाय सञ्चालनमा ल्याएका छन् ।

भरतपुर र काठमाडौँमा लेखा परीक्षण कार्यमा संलग्न सुशील घिमिरे, मुस्ताफा आलम र सन्तोष रेग्मीले संयुक्त लगानीमा सो व्यवसाय शुरु गरेका हुन् ।  ४० लाख रुपैयाँको लगानीमा उनीहरुले चीन र थाइल्यान्डबाट तयारी एक्वेरियम भित्र्याएर चितवनसहित विभिन्न जिल्लामा बिक्री गर्दै आएका छन् । यससँगै थाइल्यान्डबाट ४० प्रजातिका माछा झिकाएर यहाँको बजारमा बिक्री गरिने व्यवसायी घिमिरेले जानकारी दिए । रिसाहा र शान्त दवै प्रजातिका ती माछा सफा पानीमा रमाउने गर्दछन् ।

अर्का व्यवसायी आलमले यस वर्ष १ करोडको माछा, एक्वेरियम, दाना, औषधि, ढुङ्गालगायत वस्तु बिक्री गर्ने लक्ष्य राखिएको जानकारी दिए । नियमित सेवा लिन आउनेहरुको सङ्ख्या २५० हाराहारी भएको उनीहरुले जानकारी दिए । आफूहरुसँग २ हजार ५०० देखि २ लाखसम्मका एक्वेरियम रहेको उनीहरुले बताए ।

उच्च गुणस्तरका खानासँगै माछाको उपचारसमेत हुने भएकाले धेरैको मन जित्न सकेको उनीहरुको भनाइ छ । वास्तु हेरेर ठाउँ मिलाएर मात्र एक्वेरियम राख्ने गरिन्छ । जिउँदो माछा सफा पानीमा खेल्दै गरेको दृश्य हेरेर बालबालिकामा मात्र होइन वृद्धवृद्धासम्मलाई आनन्द दिलाउँछ ।

व्यवसायी आलमले भने, ‘अनेक थरीका रोगीका लागि पनि माछाको दृश्य फाइदाजनक हुन्छ ।’

मकवानपुर र नवलपरासीदेखि माछा लिन यहाँ आउने गर्दछन् । देशैभर व्यवसाय विस्तार गर्ने तयारीमा रहेको उनीहरुको भनाइ छ ।

नियमित लेखा परीक्षणको कामले दिक्क हुँदा केहीबेर आफ्नो पसलमा रहेका माछा हेरेर निकै सन्तुष्ट मिल्ने गरेको उनीहरुले बताए । व्यवसायी घिमिरेले भन्नुभयो, ‘आम्दानी त धेरै हुँदैन तर व्यवसायले ज्ञानसँगै आनन्द भने दिलाएको छ ।’

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ११ : १४ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित