दिशा पटानीले भनिन् – आजसम्म कुनै केटाले प्रेम प्रस्ताव राखेको छैन « Khabarhub

दिशा पटानीले भनिन् – आजसम्म कुनै केटाले प्रेम प्रस्ताव राखेको छैन


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका कैयन् सेलिब्रेटीले प्रणय दिवसका लागि प्लान बनाइरहेका छन् । कतिले प्रपोज डे पनि मनाए । यसै दिन दिशा पटानीले भने फ्यानलाई पत्यार नलाग्ने एक कुराको खुलासा गरेकी छिन् ।

यतिबेला आफ्नो फिल्म ‘मलंग’ का कारण चर्चामा छिन् । दिशाले एक अन्तर्वार्ताका क्रममा भनिन् – कसैले मलाई आजसम्म प्रपोज नै गरेको छैन, म स्कूलमा टमब्याय टाइपकी थिएँ ।

दिशालाई एक अन्तर्वार्ताका क्रममा सोधिएको थियो कि, तपाईंलाई आजसम्म कति जनाले प्रेम प्रस्ताव राखेका छन् ? उत्तर दिने क्रममा उनले आजसम्म कसैले पनि प्रस्ताव नराखेको बताएकी हुन् ।

उनले आफ्ना पिता प्रहरी भएकाले पनि केटाहरुले प्रेमप्रस्ताव राख्न डर मान्ने गरेको बताइन् । ‘कलेजमा पनि मलाई कसैले प्रपोज गरेनन्, फेरि म बलिउडमा आएँ, यहाँ पनि म धेरैसँग भेटिनँ, मेरो जीवन दुःखले भरिएको छ,’ उनले भनिन् ।

उनले प्रेम भन्ने कुरा निकै महत्त्वपूर्ण भएको समेत प्रतिक्रिया दिइन् । उनले प्रेमलाई प्रेरणा दिने शक्तिका रुपमा अर्थ्याइन् ।

‘तपाईं जीवनमा जे गर्नुहुन्छ, त्यो प्रेम हुन्छ, जे गर्नुहुन्छ, ती कि मायाका लागि गर्नुहुन्छ, कि त माया पाउनका लागि गर्नुहुन्छ,’ दिशाले भनिन्, ‘मायाविना त कसरी रहन सक्नुहुन्छ ?’

उनले पहिलो नजरमा कसैसँग प्रेम भएको पनि बताइन् । त्यो आफ्ना लागि महत्त्वपूर्ण भएको पनि दिशाले सुनाइन् ।

अक्सर दिशा पटानी र टाइगर श्राफ प्रेमसम्बन्धमा रहेको खबर बलिउडमा चर्चामा रहन्छ । दिशा ‘एम एस धोनीः द अनटोल्ड स्टोरी’ बाट चर्चामा आएकी छिन् । त्यसपछि उनी अरु कैयन् फिल्ममा आइन् ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : ५३ बजे

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

दशरथचन्द– बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ