पाल्पा रामपुरका कृषक कागती खेतीतर्फ आकर्षित « Khabarhub

पाल्पा रामपुरका कृषक कागती खेतीतर्फ आकर्षित


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – अन्य वाली निर्वाहमुखीमात्र भएपछि पाल्पा रामपुरका कृषक कागती खेतीतर्फ आकर्षित भएका छन ।

धान, मकै, गहुँ लगायतका अन्नबाली उत्पादन हुने जग्गामा रामपुर ७ का दुई दर्जन भन्दा बढी कृषकले अन्वाली हुने जमिन कागती उत्पादनमा उपयोग गर्न थालेका छन ।

रामपुर नगरपालिका–७ बस्ने कृषक मनोरथ भट्टराईले कागती खेती शुरु गरेपछि बार्षीक १० लाख रुपैयाँसम्म आम्दानी गर्न थालेको बताए ।

अन्नबालीको तुलनामा कागतीखेतीले तेब्बर फाइदा दिएको भट्टराई बताउँछन । करिब सात रोपनी क्षेत्रफलमा ४ सय बोट लगाएका भट्टराईले भने ‘बजारमा कागतीको माग बढ्दो त माग धान्न मुस्किल भइरहेको छ ।’

चार वर्ष अघिदेखि कागती खेती शुरु गरेका भट्टराईले अरु १ सय बोट थप गरी ५ सय बोट कागती लगाउने योजना बनाएका छन ।

‘राम्रो स्याहार संरक्षण गरेपछि एक वटा बोटमा दुई हजार कागती उत्पादन लिन सकिन्छ, त्यसमा एक हजार फले पनि ५ सय बोटबाट वर्षमा कम्तीमा सजिलोसँग १० लाख त कमाउन सकिन्छ” भट्टराईले भने ।

वर्षमा ४० मुरी धान उत्पादन हुने खेतभरि अहिले कागती लगाएर उनले हरियाली बनाएका छन ।

रामपुर नगरपालिका कृषि शाखाले अनुदानमा कागतीका बिरुवा उपलब्ध गराउन थालेपछि कागती खेतीमा कृषकको आकर्षण बढ्दै गएको कृषि शाखा प्रमुख तथा सूचना अधिकारी रामप्रसाद पाण्डेयले जानकारी दिए ।

आर्थिक वर्ष २०७५/०७६ मा स्थानीय जातका तीन हजार ५ सय, सुन कागती एक हजार ५ सय

कागतीभित्र विभिन्न घुसुवा बाली लगाएर मनग्य आम्दानी लिन सकिने भएपछि कृषकहरु यसकाप्रति आकर्षित भएका हुन ।

बजारमा कागतीको मूल्य बढ्दो रहेको हुँदा अन्नबालीको तुलनामा यसबाट कृषकले राम्रो कमाई गर्न सक्नेछन् ।

 

 

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : ३९ बजे

एसिया कप : सेमिफाइनका दुई खेल आज हुँदै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको सेमिफाइनलका दुई खेल

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित

रवि लामिछाने आज छुट्ने

काठमाडौं – सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर