सरकारी कागजात किर्ते गरेको अभियोगमा मालपोतका खरिदार पक्राउ « Khabarhub

सरकारी कागजात किर्ते गरेको अभियोगमा मालपोतका खरिदार पक्राउ


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– सरकारी कागजात किर्ते गरेको अभियोगमा सप्तरी प्रहरीले १ जना सरकारी (निजामति) कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार नवीन विश्वकर्मा छन् ।

सप्तरीको डाकेश्वरी नगरपालिका–९ घर भएका ७६ वर्षीय फुरन चौधरी थारुको उजुरीका आधारमा खरिदार नवीन विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले जानकारी दिए ।

डीएसपी भारतले खरिदार विश्वकर्माले किर्ते गरेका सरकारी कागजातबारे भने केही खुलाउन मानेनन् ।

‘उनी (विश्वकर्मा)विरुद्ध उजुरी परेपछि प्रारम्भिक छानबिनका क्रममा किर्ते गरेको भेटिएपछि पक्राउ गरिएको हो,’ भारतीले भने, ‘अहिले सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १ : ०४ बजे

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा