क्यानेडियन सभामुख फ्युरीद्वारा सभामुख सापकोटालाई भेट्न अस्वीकार « Khabarhub

क्यानेडियन सभामुख फ्युरीद्वारा सभामुख सापकोटालाई भेट्न अस्वीकार


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल भ्रमणमा रहेका क्यानेडियन सिनेटका सभामुख जर्ज जे फ्युरीले सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गर्न अस्वीकार गरेका छन ।

दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आई पुगेका सभामुख फ्युरीले पूर्वनिर्धारित कार्यतालिकामा समावेश नभएको भन्दै सभामुख सापकोटालाई भेट्न अस्वीकार गरेका हुन ।

संसद सचिवालयका सचिव डा.भरतराज गौतमका अनुसार प्रतिनिधि सभाका सभामुख रिक्त रहेकै बेला क्यानेडिएन सभामुख फ्युरीको नेपाल भ्रमण तय भएकाले सोही कार्यतालिका अनुसार मात्रै भेटघाट भएको जानकारी दिए ।

सभामुख सापकोटाको द्वन्द्वकालिन मुद्दा सर्बोच्च अदालतमा बिचाराधिन रहेकाले भेट्न अस्वीकार गरेको समाचारहरु बाहिरिरहँदा त्यस्तो कारण भने नभएको गौतमले बताए ।

यद्यपी नकारात्मक सन्देश जान सक्ने भन्दै फ्युरी र सापकोटाबीच भेटघाटको प्रयत्न भइरहेको बुझिएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान ९:३० बजे नेपाल आएका क्यानेडियन सभामुख फ्युरीले १२ बजे राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग भेटघाट गरी एक अर्काको अनुभव साटासाट गरेका छन ।

उनले दिउँसो २ बजे डाकिएको राष्ट्रियसभाको बैठक अवलोकन गर्नेछन्। त्यसलगत्तै नेपाल-क्यानडा संसदीय मैत्री समूहसँग भेट गर्ने कार्यक्रम तय भएको छ।

फ्युरीले स्वदेश फर्कन अघि म‌ङ्‌गलबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटघाट गर्ने कार्यतालिका छ ।

 

 

 

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १ : १२ बजे

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न

गुरु घिमिरेले पनि गराए महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु

ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सचिवालय बैठकमा सहभागी

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला