१ करोड रुपैयाँको लोभ देखाएर किशोरी बेच्न खोज्न २ जना पक्राउ « Khabarhub

१ करोड रुपैयाँको लोभ देखाएर किशोरी बेच्न खोज्न २ जना पक्राउ


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– किशोरीलाई बेचबिखन गर्न खोजेको आरोपमा गोरखा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ वर्षीय भीमबहादुर ढकाल र सोही ठाउँका ३९ वर्षीय रामबाबु दुतराजलाई पक्राउ गरेको हो ।

यही माघ २४ गते ललाइफकाइ किशोरीलाई बिक्रीका लागि लगेको र बालिकाले शङ्का लागि भागेर घर फर्किएपछि घटना सार्वजनिक भएको गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । ‘एक किशोरीलाई भिडियोमा खेल्न राम्रो कमाइ हुन्छ भनेर २३ गते भिडियो समेत खिचेर २४ गते चितवनतर्फ लगेका रहेछन्,’ उनले भने, ‘पछि उनी आफैँ भागी घर फर्किएर आमालाई घटनाबारे जानकारी गराएपछि सबै थाहा भयो ।’

पीडित किशोरीकी आामाले आफन्तसँगको सल्लाहमा ढकाल र दुतराजविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खतिवडाले बताए । ‘कक्षा ९ मा अध्ययनरत बालिकालाई तिम्रो उचाइ पनि रहेछ, हत्केला पनि राम्रो छ, चितवन गयौ भने भाग्य चम्किन्छ, १ करोड पाउँछौ भनेर लगेको पाइयो,’ उनले भने ।

पीडित परिवारले दिएको जाहेरीको आधारमा घटनामा संलग्न दुवैलाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनेको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अभियुक्तलाई गाउँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध बेचबिखन तथा मानव ओसारपसार कसुरअन्तर्गत प्रहरीले अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  २ : ५१ बजे

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार