साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी « Khabarhub

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी


५ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका स्थानहरूमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ । पछिल्लो साढे दुई दिनको अवधिमा साउदी अरबमा चार सैन्य कारवाही सञ्चालन गरेको समूहको दाबी छ ।

हुथी समूहका सैन्य प्रवक्ता यह्या सारीका अनुसार हालै गरिएका आक्रमणहरूमा राजधानी रियादस्थित साउदी रक्षा मन्त्रालयको भवन, किङ फहद र आब्हा विमानस्थल तथा यान्बुस्थित आरामको तेल केन्द्रलाई मुख्य निशाना बनाइएको थियो ।

सोही क्रममा प्रवक्ता सारीले साउदी अरेबियाले यमनी जातीय समूहलाई लक्षित गरेर कुनै पनि किसिमको धम्की दिएमा त्यसको परिणाम निकै गम्भीर र अनुमान गर्न नसकिने हुने चेतावनी दिएका छन् ।

साथै, यमनमाथि भइरहेका आक्रमणहरू पूर्ण रूपमा नरोकिएसम्म साउदी भूभागभित्र यस्ता सैन्य कारबाहीहरू निरन्तर जारी रहने र ज जुनसुकै कदमको पनि थप कडा प्रतिवाद गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ६ : ५१ बजे

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको