सूर्यको अध्ययन गर्न अन्तरिक्षयान प्रक्षेपण | Khabarhub Khabarhub

सूर्यको अध्ययन गर्न अन्तरिक्षयान प्रक्षेपण


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केप कानाभेरल– सूर्यको अध्ययनका लागि निर्माण गरिएको भू उपग्रह सहितको अन्तरिक्षयान प्रक्षेपण गरिएको छ ।

अमेरिकी र युरोपेली अन्तरिक्ष निकायले निर्माण गरेको भू उपग्रह अमेरिकाको फ्लोरिडा राज्यस्थित केप कानाभेरल अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार आइतबार दिउँसो ११ बजेर ३ मिनेटमा प्रक्षेपण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सोलर अर्बिटर सोलो नाम दिइएको उक्त भू उपग्रहले सूर्यको नजिक पुगेर सूर्यबाट निस्कने विकिरण उर्जाले पृथ्वीमा पार्ने प्रभावबारे अध्ययन गर्ने जनाइएको छ । भू उपग्रहलाई सूर्यबाट २ करोड ६० लाख माइल नजिक पुगी अध्ययन गर्ने छ । त्यहाँसम्म पुग्न भू उपग्रहलाई १० वर्ष लाग्ने अपेक्षा छ ।

भू उपग्रहले सूर्यको ध्रुवीय क्षेत्रबारे जानकारी पठाउने जनाइएको छ । एउटा मिनीभ्यान साइजको भू उपग्रहमा १० वटा अत्याधुनिक सामग्री राखिएको छ । सूर्यको कडा तापक्रम छेक्नका लागि भू उपग्रहमा १४७ किलोको ताप प्रतिरोधी प्रणाली समेत जडान गरिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ७ : २० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास