सेनाद्वारा स्थानीय तहमा विपत प्रतिकार्य तालिम | Khabarhub Khabarhub

सेनाद्वारा स्थानीय तहमा विपत प्रतिकार्य तालिम


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- सदरमुकाम सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले जिल्लाका स्थानीय तहमा समुदायमा आधारित आपतकालीन (विपत) प्रतिकार्य तालिम दिन शुरु गरेको छ ।

स्थानीय तहको सहकार्यमा उक्त गणले आदर्श र सायल गाउँपालिकामा सोमबार तालिम सम्पन्न गरिसकेको तथा अन्य स्थानीय तहमा आगामी फागुन १ गतेबाट तालिमको आयोजना गरिने सो गणका गणपति तथा प्रमुख सेनानी रत्नकेशर खड्काले बताए ।

उनले भने, “बिपत आइपरेको बेला कसरी जोगिने तथा कसरी बिपतमा परेकाको उद्धार गर्ने भन्ने विषयमा तालिम दिन शुरु गरेका छौँ, जिल्लाका सबै स्थानीय तहमा उक्त तालिम दिइने छ ।”

सो गणका सेनानी सन्तोष ढुङ्गेलका अनुसार उनका अनुसार सहभागीलाई प्राथमिक उपचार, आकस्मिक स्वास्थ्य उपचार, खोप तथा महामारीबाट सुरक्षित हुने उपाय, डुबानमा परेका, बाढीपहिरा र आगलागीमा परेकालाई स्थानीय स्रोत प्रयोग गरी उद्धारबारे जानकारी गराइने छ ।

गणले जिल्लामा भुकम्प आउँदा अपनाउनुपर्ने अवस्था, सावधानीलगायत अन्य विभिन्न विषयमा जनचेतनामुलक कार्यक्रम विभिन्न तालिम तथा स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १० : ४५ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’