भार्डी र ब्रान्सको उत्कृष्ट प्रदर्शनमा लेस्टरको शानदार जीत « Khabarhub

भार्डी र ब्रान्सको उत्कृष्ट प्रदर्शनमा लेस्टरको शानदार जीत


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेमी भार्डीको दुई गोलको सहयोगमा लेस्टर सिटीले एस्टन भिल्लामाथि शानदार जीत निकालेको छ ।

सोमबार भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई ४–० गोल अन्तरले पराजित गरेको हो । लेस्टरको जीतमा भार्डी र हार्वे बान्र्सले समान २–२ गोल गरे ।

बान्र्सले ४० औं मिनेटमा घरेलु टोली लेस्टरलाई खेलमा अगाडी बढाएका थिए । एस्टनका गोलकिपर पेप रैना डिबक्स बाहिर आएको मौकाको फाईदा उठाउँदै उनले गोल गरेका थिए ।

६३ औ मिनेटमा पेनाल्टीमार्फत भार्डीले लेस्टरको अग्रता दोब्बर बनाए । ७९ औ मिनेटमा भार्डीले ब्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई ३–० ले अघि बढाएका थिए । बान्र्सले ८५ औ मिनेटमा गोल गर्दै लेस्टरलाई प्रभावशाल जीत दिलाए ।

प्रिमियर लिगका पछिल्ला ८ खेलमा लेस्टरले दुई खेलमा जीत निकालेको छ । जीतसंगै तेस्रो स्थानको लेस्टरले ५३ अंक जोडेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ७ : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै