भार्डी र ब्रान्सको उत्कृष्ट प्रदर्शनमा लेस्टरको शानदार जीत « Khabarhub

भार्डी र ब्रान्सको उत्कृष्ट प्रदर्शनमा लेस्टरको शानदार जीत


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेमी भार्डीको दुई गोलको सहयोगमा लेस्टर सिटीले एस्टन भिल्लामाथि शानदार जीत निकालेको छ ।

सोमबार भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई ४–० गोल अन्तरले पराजित गरेको हो । लेस्टरको जीतमा भार्डी र हार्वे बान्र्सले समान २–२ गोल गरे ।

बान्र्सले ४० औं मिनेटमा घरेलु टोली लेस्टरलाई खेलमा अगाडी बढाएका थिए । एस्टनका गोलकिपर पेप रैना डिबक्स बाहिर आएको मौकाको फाईदा उठाउँदै उनले गोल गरेका थिए ।

६३ औ मिनेटमा पेनाल्टीमार्फत भार्डीले लेस्टरको अग्रता दोब्बर बनाए । ७९ औ मिनेटमा भार्डीले ब्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई ३–० ले अघि बढाएका थिए । बान्र्सले ८५ औ मिनेटमा गोल गर्दै लेस्टरलाई प्रभावशाल जीत दिलाए ।

प्रिमियर लिगका पछिल्ला ८ खेलमा लेस्टरले दुई खेलमा जीत निकालेको छ । जीतसंगै तेस्रो स्थानको लेस्टरले ५३ अंक जोडेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ७ : २८ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन