जनशक्ति नहुँदा एक्सरे मेसिन प्रयोग बिहीन « Khabarhub

जनशक्ति नहुँदा एक्सरे मेसिन प्रयोग बिहीन


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको भीमादस्थि प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको एक्सरे मेसिन प्रयोग बिहीन भएको छ । स्वास्थ्यसेवा विभागले प्रदान गरेको एक्सरे मेसिन चलाउने दक्ष जनशक्ति नहुँदा २ वर्षदेखि प्रयोग बिहीन भएको हो ।

स्वास्थ्य केन्द्रमा दैनिक ६०/७० जना बिरामी उपचारको लागि आउने गरेका छन् भने त्यसमध्ये लगभग १०/१५ जना एक्सरे गर्नुपर्ने भएपनि उनीहरुलाई सेवा दिन नसकिएको केन्द्रका प्रमुख डा प्रकाश नेपालीले बताए । उनले भने, ‘एक्सरे गर्नुपर्ने बिरामीलाई सिधैँ पोखरा पठाउँदै आएका छौँ ।’

भीमाद बजार क्षेत्रमा समेत रेडियोलोजिष्ट नहुँदा सेवाग्राहीले गुणस्तर सेवा पाउन सकेका छैनन् । उक्त स्वास्थ्य केन्द्रमा स्याङ्जाको चित्रेभञ्ज्याङ, घिरिङ, ऋषिङ, पाटनलगायतका क्षेत्रबाट बिरामी उपचारको लागि आउने गरेका छन् । पछिल्लो समय बीमा गरी उपचारको लागि आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको डा नेपालीले बताए ।

‘नेपाल सरकारबाट प्राप्त ६३ किसिमका औषधि निःशुल्क रुपमा वितरण गर्दै आएका छौँ । व्यवस्थापन समितिद्वारा निर्णय गरी बीमा नगरेका अन्य बिरामीका लागि फार्मेसीमा औषधि खरिद गर्दा ८ प्रतिशत छुटको व्यवस्था गरिएको छ,’ उनले भने । डा नेपालीका अनुसार गत आर्थिक वर्षमा रु १३ लाखको औषधि खपत भएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

उक्त स्वास्थ्य केन्द्रमा चौबिसै घण्टा सेवा दिँदै आएइको छ । उनले भने, ‘डेलिभरी, आँखा उपचार, आकस्मिक लगायतका सेवा चौबिसै घण्टा दिँदै आएका छौँ ।’

बिरामीको लागि फार्मेसीमा औषधि नभए मगाएर भए पनि सेवा दिने गरिएको र केन्द्रलाई १५ श्यया क्षमताको बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १२ : ५४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु