शेयर बजारमा उच्च गिरावट– डेढ घण्टामा २ पटक सर्किट ब्रेक « Khabarhub

शेयर बजारमा उच्च गिरावट– डेढ घण्टामा २ पटक सर्किट ब्रेक


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन मंगलबार सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेको पहिलो एक घण्टामा नै ४ प्रतिशतले बजार घटेपछि सर्किट ब्रेक लगाउनु परेको थियो ।

२० मिनेट कारोबार बन्द गरी शुचारु भएको बजारमा १० मिनेटमा नै ५ प्रतिशतको गिरावट आएपछि १२ः३० मा दोस्रो पटकका लागि सर्किट ब्रेक लागेको छ ।

लगातार चार दिन बन्द भएपछि मंगलबार खुलेको बजारमा पहिलो एक घण्टामा नै नेप्से परिसूचक ५७.३६ अंकले ओरालो लागेको छ । १२ः ३० बजे  नेप्से ७२ अंकले घटेको छ । सबै समूहका परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ६१० अंकले घटेको छ ।

त्यस्तै, निर्जीवन बीमा समूहको परिसूचक ३१२ अंकले घटेको छ । मूल्य घटे पनि मध्यान्न १२ः३० बजे अघि नै ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कोरोना भाइस संक्रमणले महामारीको रुप लिएपछि विश्वव्यापी रुपमा नै शेयर बजारमा उच्च गिरावट देखिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १ : ०५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको