‘आमा’ का लेखक श्रेष्ठलाई ’नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिने « Khabarhub

‘आमा’ का लेखक श्रेष्ठलाई ’नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिने


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नइ प्रकाशनले भारत काशीका दुर्गाप्रसाद श्रेष्ठलाई रु दुई लाखसहित ’नइ देरूनीख अन्तर्रा्ष्ट्रिय पुरस्कार’ समर्पण गर्ने भएको छ ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।

सात दशकदेखि नेपाली साहित्यमा समर्पित रही कथा, कविता, उपन्यास, समालोचना, निबन्ध लेखनका साथै अनुवादकका रूपमा समेत प्रतिष्ठित ८२ वर्षीय श्रेष्ठलाई सो पुरस्कार समर्पण गरिने भएको हो । यो पुरस्कार नेपाली गोर्खाली मूलका विदेशी नागरिकलाई प्रदान गरिन्छ ।

विसं १९९३ देखि काशीबहादुर श्रेष्ठको प्रकाशन र सम्पादनमा भारतको बनारसबाट ’उदय’ मासिकको प्रकाशन आरम्भ भएको थियो । सोही पत्रिकामा प्रा.डा.ईश्वर बरालले २००४ सालमा लक्ष्मीप्रसाद देवकोटालाई सर्वप्रथम महाकवि लेखेका थिए । काशीबहादुर श्रेष्ठका जेठा छोरा दुर्गाप्रसादबाट नै चार दशकअघिदेखि उदय पत्रिकाको समेत निरन्तर सम्पादन र प्रकाशन हुँदै आएको छ ।

श्रेष्ठले २०२० सालमा प्रदर्शित प्रथम नेपाली कथानक चलचित्र ’आमा’को पटकथा र सम्वाद लेखेका थिए । हिरासिंह खत्रीद्वारा निर्देशित ‘आमा’को उनी सहायक निर्देशक पनि थिए ।

शताब्दी पुरुष सत्यमोहन जोशीको १०१ औं जन्मोत्सवका अवसरमा आगामी वैशाख २९ गते काठमाडौंमा नौ बालबालिका समेत २६ लाई रु १४ लाख र ताम्रपत्रसहित नइ पुरस्कार समर्पण गरिने भएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ३ : ३३ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित