काठमाडौं– अदालतको अवहेलना गरेको मुद्दामा जवाफ दिनका लागि प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवाली सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।
सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई पटक पटक पक्राउ गरी अदालतको अवहेलना गरेको मुद्दामा जवाफ दिन महानिरीक्षक ज्ञवाली मंगलबार सर्वोच्च अदालतमा उपस्थित भएका हुन् ।
सर्वोच्च अदालतले अघिल्लो साता मात्रै अदालतले रिहा गर्न भनेका व्यक्तिलाई पुनः पटक पटक पक्राउ गरी अवहेलना गरेको सन्दर्भमा जवाफ दिन ७ दिन भित्र उपस्थित हुन प्रहरी महानिरीक्षकसहित विपक्षीका नाममा आदेश जारी गरेको थियो ।
सर्वोच्चको उक्त आदेशपछि महानिरीक्षक खनाल अन्य प्रहरी अधिकारीसँगै मंगलबार सर्वोच्चमा उपस्थित भएका हुन् ।
सार्वोच्च अदालत स्रोतका अनुसार ज्ञवालीले अदालतको अवहेलनाको सन्दर्भमा आफ्नो जवाफ पेश गरिसकेका छन् ।
प्रहरीले पक्राउ गर्दै आएका प्रतिवन्धित विप्लव समूहका नेताहरु बन्दीप्रत्यक्षीकरणको रिटअन्तर्गत सर्वोच्चको आदेशमार्फत रिहा हुँदै आएका थिए । सर्वोच्चले रिहा हुन आदेश दिएपनि प्रहरीले भने उनीहरुलाई अदालत परिसरबाट पक्राउ गर्दै आएको थियो ।
प्रतिक्रिया