अदालतको अवहेलना मुद्दाको जवाफ दिन सर्वोच्च पुगे आईजी ज्ञवाली « Khabarhub

अदालतको अवहेलना मुद्दाको जवाफ दिन सर्वोच्च पुगे आईजी ज्ञवाली


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अदालतको अवहेलना गरेको मुद्दामा जवाफ दिनका लागि प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवाली सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।

सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई पटक पटक पक्राउ गरी अदालतको अवहेलना गरेको मुद्दामा जवाफ दिन महानिरीक्षक ज्ञवाली मंगलबार सर्वोच्च अदालतमा उपस्थित भएका हुन् ।

सर्वोच्च अदालतले अघिल्लो साता मात्रै अदालतले रिहा गर्न भनेका व्यक्तिलाई पुनः पटक पटक पक्राउ गरी अवहेलना गरेको सन्दर्भमा जवाफ दिन ७ दिन भित्र उपस्थित हुन प्रहरी महानिरीक्षकसहित विपक्षीका नाममा आदेश जारी गरेको थियो ।

सर्वोच्चको उक्त आदेशपछि महानिरीक्षक खनाल अन्य प्रहरी अधिकारीसँगै मंगलबार सर्वोच्चमा उपस्थित भएका हुन् ।

सार्वोच्च अदालत स्रोतका अनुसार ज्ञवालीले अदालतको अवहेलनाको सन्दर्भमा आफ्नो जवाफ पेश गरिसकेका छन् ।

प्रहरीले पक्राउ गर्दै आएका प्रतिवन्धित विप्लव समूहका नेताहरु बन्दीप्रत्यक्षीकरणको रिटअन्तर्गत सर्वोच्चको आदेशमार्फत रिहा हुँदै आएका थिए । सर्वोच्चले रिहा हुन आदेश दिएपनि प्रहरीले भने उनीहरुलाई अदालत परिसरबाट पक्राउ गर्दै आएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ३ : १४ बजे

नेप्से परिसूचक २६ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २६ दशमलव १६ अंकले

सिक्किम पुगेका मोदीले लगाए ढाका टोपी, युवासँग खेले फुटबल

काठमाडौं- सिक्किम भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार हजार

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

एजेन्सी– बेलगोरोडको रूसी सीमा क्षेत्रमा मंगलबार भएको युक्रेनी ड्रोन आक्रमणमा

दलको नेता छनोटमा किचलो : देउवाले एक महिनामा सक्ने काम गगनले दुई महिना लगाए

जेन–जी आन्दोलनको म्यान्डेटमा गठित सरकारले २१ फागुनमा प्रतिनिधि सभा निर्वाचन

सेनाले पनि देशभरबाट संकलन गर्दैछ सुकुम्वासीको विवरण

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको ठाडो निर्देशनमा गत शुक्रबारदेखि काठमाडौंका सुकुम्बासी