कोराना भाइरसको संक्रमण रोक्न भन्दै युवा संघले सरकारलाई बुझायो ध्यनाकर्षण पत्र | Khabarhub Khabarhub

कोराना भाइरसको संक्रमण रोक्न भन्दै युवा संघले सरकारलाई बुझायो ध्यनाकर्षण पत्र


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युव संघ नेपालले कोरोना भाइरसको सङ्क्रमण हुनै नदिन प्रभावकारी कदमका लागि पूर्व तयारी गर्न भन्दै सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर युवा संघका संयोजक रामप्रसाद सापकोट ले सरकारलाई भाइरसको सङ्क्रमण हुन नदिन पूर्वसचेतनाका लागि ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्र बुझ्दै मन्त्री ढकालले सङ्क्रमण फैलिन नदिन सरकारले पर्याप्त तयारी गरेको बताए । मन्त्री ढकालले कोरोनाको सङ्क्रमण रोक्न पहल गरिएको जानकारी दिए ।

ध्यानाकर्षण पत्रमा सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यममा यथार्थ भन्दा अड्कलबाजीका सूचना सम्प्रेषण भइरहेका सन्दर्भमा सरकारले तत्काल सबै सञ्चार माध्यममा आधिकारिक सूचना जारी गर्ने र यसको सङ्क्रमणबाट जोगिने, सङ्क्रमित भइहालेमा आवश्यक उपचार गर्ने तथा अन्यमा फैलन नदिने विधिबारे प्रचारप्रसार गर्न व्यवस्थित कदम चाल्नुपर्ने, भाइरसबाट सङ्क्रमण भइहालेमा मृत्युदर एकदमै कम रहेको र उपचार हुने कुरामा नागरिकलाई विश्वस्त बनाउनुपर्ने, विमानस्थल, भारतीय सीमा नाकामा स्वास्थ्य चेकचाँजको प्रभावकारी व्यवस्था गर्नुका साथै भाइरस सङ्क्रमित मुलुकबाट नेपाल आउने जोकोहीलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थाले मात्रै सङ्क्रमण नफैलने सुनिश्चितता गर्नुपर्ने माग राखिएको छ ।

यस्तै भाइरस सङ्क्रमित बिरामीलाई उपचार गर्ने सामग्रीको प्रर्याप्त व्यवस्था गर्नुपर्ने, राजधानी शहर काठमाडौंँलगायत उपत्यकामा कम्तीमा तीन र देशका मुख्य शहरमा रहने गरी प्रदेशस्तरमा एक/एकवटा रुघाखोकी, ज्वरो परीक्षण र आइसोलेशन वार्डसहितको अस्थायी कोरोना फोकल अस्पताल, सम्भव भएसम्म आइसोलेशन ल्याब र नमूना सङ्कलन केन्द्र तोक्ने व्यवस्था गर्नुपर्ने माग संघको छ । सङ्क्रमणको अवस्था आइहाले नागरिकको स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्नुका साथै निजी अस्पताललाई पनि सङ्क्रमणसम्बन्धी एकीकृत योजनाभित्र राखी परिचालन गर्नुपर्नेसमेत माग राखेका छन् ।

युवा संघले विदेशमा रहेका नेपालीमा सङ्क्रमण भएका समाचार आइरहेका भन्दै उनीहरुको उपचारमा नेपाली दूतावासको परिचालन तथा बाँकी नेपालीका बारेमा सम्बन्धित देशमा रहेका दूतावासमार्फत नेपाली नागरिकलाई सङ्क्रमणबाट जोगिने उपाय, भइहाले उपचारको प्रबन्ध र स्वदेश फर्कन चाहनेलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था गरी देश फर्कने अवस्था सिर्जना गर्नुपर्ने माग राखेको छ ।

नजिकैका छिमेकी दुवै मुलुक कोरोनासँग लडिरहेको यस परिवेशमा स्वास्थ्य क्षेत्रका औजार, औषधि र खाद्यान्न जस्ता सामग्रीको आवश्यक आपूर्ति नहुन सक्ने र औषधि, सेनेटाइजर तथा मास्क, खाद्यान्न र इन्धन जस्ता सामग्रीको कृत्रिम अभाव सिर्जना हुन थालिसकेकाले गृह तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार व्यवस्थापन, खाद्य तथा जनस्वास्थ्य सामग्रीको आपूर्ति र कालोबजारी रोक्ने काममा प्रभावकारी कदम चाल्नुपर्ने समेत युवा सङ्घले माग गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ३ : ४६ बजे

रवि प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडियामा सहकारीको १७ करोड (बयानको पूर्णपाठ)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीहरूबाट गोर्खा मिडिया

राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त

नीजि क्षेत्रका निराशालाई अन्त्य गर्ने मन्त्री भण्डारीको प्रतिवद्धता 

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई

हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चर इजरायलको निशानामा 

काठमाडौं– इजरायलले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको

पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा

काठमाडौं– नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका