घरमा तयारी नपुगेका कारण भएन प्रधानमन्त्री ओलीको डिस्चार्ज | Khabarhub Khabarhub

घरमा तयारी नपुगेका कारण भएन प्रधानमन्त्री ओलीको डिस्चार्ज


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो पटक मिर्गौला प्रत्यारोपणका गरेर अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्जका लागि तयार भएपनि उनको निजी निबासमा आवश्यक तयारी नपुगेका कारण अस्पतालमै राखिएको जनाइएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार भएका बताएका छन् । तर, उनको निजी निबासमा आवश्यक तयारी नपुगेको र अहिलेकै अवस्थामा संक्रमण हुने खतरा रहेकाले केही दिन अस्पतालमै राखिएको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीकी निजी चिकित्सक समेत रहेकी डा. दिव्या सिंहले घरमा आवश्यक तयारी गर्नु परेका कारण प्रधानमन्त्री ओलीलाई डिस्चार्ज नगरी अस्पतालमै राखिएको बताएकी हुन् ।

डा‍ सिंहले परिवारका सदस्यहरुले घरमा आवश्यक तयारी गर्नुपर्ने भएकाले केही दिन डिस्चार्ज नगरी अस्पतालमै राखिदिन भनेर अनुरोध गरेको सुनाइन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ४ : २४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’