युरोपभर फैलियो डढेलो: तीन लाख विस्थापित, ४० डिग्री नाघ्यो तापक्रम « Khabarhub

युरोपभर फैलियो डढेलो: तीन लाख विस्थापित, ४० डिग्री नाघ्यो तापक्रम


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरोपेली मुलुक फ्रान्स र स्पेनमा विनाशकारी डढेलो फैलिँदा तीन लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्।

अत्यधिक गर्मी र तीव्र हावाहुरीका कारण फैलिएको डढेलोका कारण फ्रान्सले दुई दशकयताकै सबैभन्दा खराब आगलागीको सामना गरिरहेको छ। उता स्पेनको राजधानी मड्रिडका अधिकारीले यसलाई त्यस क्षेत्रले भोगेको अहिलेसम्मकै भीषण डढेलो भनेका छन्।

युरोपभरि चलेको भीषण लुपछि यो संकट आएको हो, जहाँ धेरै स्थानमा तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) भन्दा माथि पुगेको छ।

स्पेनको मड्रिड बाहिरका क्षेत्रमा फैलिएको छुट्टाछुट्टै डढेलोले करिब ७७० वर्ग किलोमिटर (२९७ वर्ग माइल) क्षेत्रफल जलाएर खरानी बनाएको छ। यो क्षेत्रफल स्वयं मड्रिड शहरभन्दा पनि ठूलो हो।

त्यस्तै फ्रान्समा सबैभन्दा बढी प्रभावित क्षेत्र जिारोन्ड बनेको छ। जहाँबाट २ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सको प्रसिद्ध वाइन उत्पादन हुने क्षेत्रका जङ्गल र खेतहरूमा तीव्र रूपमा फैलिएको यो डढेलोले चार दिनभन्दा कम समयमै ४२० वर्ग किलोमिटर भन्दा बढी क्षेत्र नष्ट गरिसकेको छ, जुन फ्रान्सको राजधानी पेरिसको आकारभन्दा करिब चार गुणा ठूलो हो।

यो डढेलो अहिले बोर्दोको दक्षिणी भागबाट मात्र १५ किलोमिटरको दूरीमा पुगेको छ।

आगलागीले सो क्षेत्रका कतिपय संवेदनशील सैन्य तथा औद्योगिक संरचनाहरूलाई समेत जोखिममा पारेको छ। जसमा फ्रान्सेली ब्यालिस्टिक मिसाइल, रकेट मोटर र खतरनाक रसायन प्रसोधन गर्ने निकायहरू रहेका छन्।

उपग्रह (स्याटेलाइट) बाट लिइएका तस्बिरहरूमा जिरोन्ड क्षेत्रका विशाल भूभाग डढेर कालो भएको र धुवाँ पूर्वतर्फ फैलिरहेको प्रस्ट देखिन्छ।

डढेलोले बनायो आफ्नै ‘फायर थन्डरस्टर्म’

यो डढेलो यति भयानक बनेको छ कि यसले आफ्नै विशाल ‘फायर थन्डरस्टर्म’ सिर्जना गरेको छ।

यो एक दुर्लभ मौसमी प्रक्रिया हो। डढेलोबाट निस्कने तीव्र तापक्रमले गर्दा हावा तीव्र गतिमा माथि उठ्छ र धुवाँ, खरानी अनि जलवाष्पलाई वायुमण्डलको माथिल्लो सतहसम्म पुर्‍याउँछ।

हावा माथि पुगेपछि चिसिन्छ र जलवाष्प जमेर बादल बन्छ। यदि डढेलो पर्याप्त शक्तिशाली छ र वायुमण्डल अस्थिर छ भने, त्यो चट्याङ पार्ने बादल मा परिणत हुन्छ।

यदि यी बादल पर्याप्त ठूला भएमा, तिनले आफैं चट्याङ उत्पन्न गर्न सक्छन्, जसले पुनः नयाँ ठाउँमा डढेलो सुरु गराउन सक्छ। कहिलेकाहीँ यस्ता बादलले असिना र पानी पनि पार्ने गर्छन्।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ६ : ३३ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु