विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई सात दिन हिरासतमा राख्न अनुमति « Khabarhub

विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई सात दिन हिरासतमा राख्न अनुमति


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं जिल्ला अदालतले कम नम्बर ल्याएको भन्दै विद्यार्थीको हात चिर्न लगाएको आरोपमा पक्राउ परेकी सीतालक्ष्मी कर्माचार्यलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मंगलबार शिक्षिका कर्माचार्यमाथि सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

केही दिन अगाडि काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीको शिक्षिका कर्माचार्यले परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीको हात ब्लेडले चिर्न लगाएको समाचार सार्वजनिक भएको थियो ।

विद्यालयले उनलाई जागिरबाट निकालिसकेको छ । कक्षा ६ र ७ का गरी कूल ३४ जना विद्यार्थीलाई शिक्षिका सीतालक्ष्मी कर्माचार्यले ब्लेडले हात चिर्न लगाएकी थिइन् । उनले सामाजिक शिक्षा विषय पढाउँदै आएकी थिइन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ८ : १७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको