विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई सात दिन हिरासतमा राख्न अनुमति « Khabarhub

विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई सात दिन हिरासतमा राख्न अनुमति


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं जिल्ला अदालतले कम नम्बर ल्याएको भन्दै विद्यार्थीको हात चिर्न लगाएको आरोपमा पक्राउ परेकी सीतालक्ष्मी कर्माचार्यलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मंगलबार शिक्षिका कर्माचार्यमाथि सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

केही दिन अगाडि काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीको शिक्षिका कर्माचार्यले परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीको हात ब्लेडले चिर्न लगाएको समाचार सार्वजनिक भएको थियो ।

विद्यालयले उनलाई जागिरबाट निकालिसकेको छ । कक्षा ६ र ७ का गरी कूल ३४ जना विद्यार्थीलाई शिक्षिका सीतालक्ष्मी कर्माचार्यले ब्लेडले हात चिर्न लगाएकी थिइन् । उनले सामाजिक शिक्षा विषय पढाउँदै आएकी थिइन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ८ : १७ बजे

स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब

एजेन्सी– संयुक्त राज्य अमेरिकाका लागि बेलायतका राजदूत नियुक्तिसम्बन्धी विवादले प्रधानमन्त्री

जेन-जी मुभमेन्टले राष्ट्रपतिलाई भन्यो : संसद् जीवितै छ, अध्यादेश अस्वीकृत गर्नुस्

काठमाडौं– जेन-जी मुभमेन्ट नेपाल ले प्रस्तुत अध्यादेश अस्वीकृत गर्न राष्ट्रपति

नरैनापुरमा आगलागीबाट १३ घरगोठ जलेर ध्वस्त

राँझा– बाँकेको नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा आज आगलागी हुँदा १३

गोकुलगंगाले मानेन संघीय सरकारको निर्णय, आइतबार पनि कार्यालय र विद्यालय खुल्ने

रामेछाप– यहाँको गोकुलगंगा गाउँपालिकाले अब आइतबार पनि सरकारी कार्यालय, विद्यालय

भुम्लुका २३५ किसानलाई अनुदानमा मिनीटिलर

धुलिखेल– यहाँको भुम्लु गाउँपालिकाका किसानलाई अनुदानमा मिनीटिलर वितरण गरिएको छ